छठपर्वको पहिलो दिन नहाय–खाय विधि गरिँदै

नारीकोसिस डटकम/कात्तिक १४ काठमाडौं । सूर्यको उपासना गर्दै विशेष गरी तराई–मधेशमा मनाइने छठपर्व आजदेखि सुरु भएको छ। चार दिनसम्म मनाइने छठको पहिलो दिन आज अरबा–अरबाइन (नहाय–खाय) विधि गरी मनाईदैछ ।
व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ ।
छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतालुले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाँदैनन् ।
दोस्रो दिन खरना गरिन्छ भने तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुन्छ। छठ पर्वका बेला गरिने सूर्य उपासनाले सन्तान सुख, निरोगी, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ।



तपाईको प्रतिक्रिया