फ्लोरेन्स नाईटिङ्गेल : बत्ती लिएकी केटीको उपनामले विश्व चर्चित समाजसेवी

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
फ्लोरेन्स नाईटिङ्गेल : बत्ती लिएकी केटीको उपनामले विश्व चर्चित समाजसेवी

Share

आजको सभ्यतालाई फ्लोरेन्स नाईटिङ्गेलको धेरै ठूलो उपकार छ । अस्पतालमा काम गर्ने नर्स जसले बिरामीको हेरविचार गर्छन् । र उनीहरुलाई नयाँ जीवनको शन्देश दिन्छन् । उनीहरु यी महान नारीेले बनएको बाटोमा हिडिरहेका छन् । यदि फ्लोरेन्सले बाटो नदेखाएकी भए सायद आज पनि युद्धक्षेत्रमा घाईते सिपाहिहरुको रेखदेखका लागि कोही अगाडि आउने थिएनन्, अस्पतालमा भर्ना हुने अधिकांश बिरामीको मृत्यु हुने थियो । अस्पताल नवजीवनको स्रोत नभएर भयानक र क्रुर मृत्युको अड्डा हुनेथियो ।

अग्रेजी आमा–बुवाकी सन्तान फ्लोरेन्सको जन्म १८२० मा इटलीको फ्लोरेन्स नामको शहरमा भयो । उनका आमाबावुलाई आप्mनो बच्चाको नाम जन्मस्थानको आधारमा राख्ने शौक थियो । यसैले उनीहरुले आप्mनी छोरीको नाम फ्लोरेन्स राखिदिए । योभन्दा पहिला फ्लोरेन्स पुरुषको नाम हुने गथ्र्यो । स्त्रीको हुदैनथियो तर आज यीनको यादमा अनेकौं स्त्रीहरुको नाम फ्लोरेन्स राखिएको छ ।
धनी आमाबावुकी प्यारी छोरी, सुखसयलमा हुर्किएकी, उच्च शिक्षादिक्षा पाएकी उनको मनमा एउटा कुराले डेरा जमायो, उनी मानवताको सेव गर्न चाहन्थीन् किनकि उनी यसैलाई भगवानको पूजाको सवैभन्दा राम्रो शैली मान्थिन् । उनको मनमा एउटा आगो थियो, एउटा तडप थियो ।

उनले अस्पतालको फोहोर देखिकी थिईन् । ती दिनमा किटनाशक र एन्टीसेप्टिकको अविष्कार भएको थिएन । जे जति नर्स अस्पतालमा थिए उनीहरु पनि अनपढ र विना ट्रेनिङ्का हुन्थे र नराम्रो बानी व्यवहार भएका थिए । फलस्वरुप एक पटक अस्पतालमा पुगेर बिरामी फर्केर आउन असम्भव हुन्थ्यो । उसले दारुण दुःख भोग्नुपथ्र्यो, जसको वर्णन अव ईतिहासको कुरा हो । यो बाहेक नर्सको पनि भ्रष्ट हुन्थ्यो । उनीहरु मजदुरको भन्दा थोरै तलब पाउँथे । प्mलोेरेन्सका धनी आमा–बुवाको समाज सम्मान थियो । युरोपको पछिल्लो शताब्तीको राजनीति जो उच्च बशंसम्म सीमित थियो, त्यसमा उनीहरुको पहँुच थियो र उनीहरुको विचारमा फ्लोरेन्स आफ्नो मनोमानी गर्न दिन्थे ? उनको ध्यान अन्त लगाउनको लागि उनको परिवारले साथीसँग विदेश यात्रामा पठायो । पहिला उनी रोम गईन तर रोमको गौरवले उनलाई प्रभावित गर्न सकेन । रोमको एक कुराले उनलाई प्रभावित पा्ययो । त्यो थियो, ईसाई मठका भिक्षुणीहरुले गर्ने विरामीको सेवा । उनलाई एक प्रोटेटेष्ट पादरीको बारेमा पनि थाहा भयो जो जर्मनीको एउटा स्थान केसर्सवर्थमा नर्स ट्रेनिङको एउटा केन्द्र चलाएर बसेका थिए । यी कुराले उनको नर्स बन्ने इच्छालाई अरु जाग्रीत ग्यो ।

यसपछि फरी उनी इंग्ल्याण्ड पुगे । त्यहाँ उनको घरको छेउमा नै सिडनी अर्बट बस्थे । सिडनी योभन्दा पहिला नै मन्त्री बनिसकेका थिए र केही समयपछि फेरी युद्ध विभागको मन्त्री बनाए । फ्लोरेन्सको मित्रता सिडनी र उनकी पत्नीसँग भयो । फ्लोरेन्स भविष्यमा यीनीहरुबाट धेरै सहायता पाइन् ।
फ्लोरेन्स फेरी विदेश भ्रमणको लागि निस्किन् । पेरिसमा उनको भेट एक इसाई मठका दुईभिक्षुणीहरुसँग भयो । उनीहरुलेउनलाई अलेक्जोन्ड्रिियाममा आफ्नो मठको नाममा एउटा परिचय पत्र दिए । फ्लोरेन्स युरोेपदेखि मिश्रसम्मको यात्रा गरेर अलेक्जेन्ड्रियामा रहेको त्यो मठको स्कुल र अस्पताल हेरिन् । यहाँबाट उनलाई थाहा भयो अस्पतालको प्रबन्धमा अनुशासन हुन कति आवश्यक छ । फर्किदा जर्मनीका प्रोटेस्टेन्ट पादरीको तालिम केन्द्र पनि हेरेर आईन । आफ्नो युरोयात्रामा फ्लोरेन्स जहाँ गए पनि सवैभन्दा पहिला त्यहाँको त्यो स्थानमा पुग्थिन् जहाँ पीडितको सेवा गरिन्थ्यो ।

सन १८५० मा एउटा विद्रोह भयो । यो कुनै राजनीतिक विद्रोह थिएन । यो एउटी युतीको मनमा उठेको विचारको तफान थियो । यो पारिवारिक अवरोध र बन्धनका विरुद्ध लड्ने दृढनिश्चय थियो । जसको सफलताले मानवतालाई फ्लोरेन्स नाईटिङ्गेल जस्ती देवी दान दियो । लण्डनको तकभडकमा एक दिन उनले आफ्नो जीवनको खोक्रोपना देखिन् । उनले आफ्नो डायरीमा लेखिन्ः “मेरो जीवनको एकतीसौ वर्षमा मलाई आफ्नो मृत्यु बाहेक हरु कुनै कुराको चाहना छैन.. । हे भगवान्, मलाई के हुदैछ ?”
उनी मसक्तिको लागि तड्पिरहेको हृदयको पुकार थियो । या त उनी नर्स बन्नेछिन या उनको जीवनको कुनै अर्थ छैन । सिडन हर्वटले उनका आमाबावुलाई बुझाएर, धेरै सम्झाए अन्त्यमा आएर उनीहरुले माने । एक पटक फेरि फ्लोरेन्स युरोपको ती स्थान हेर्नका लागि निष्कन् जहाँ मानवताको सेवा हुन्थ्यो । केसर्सवर्थको केन्द्रमा भर्ति भएर उनले नर्सिङ संस्थाको संगठनको बारेमा जानकारी हासिल गर्नको लागि पेरिस गईन ।

प्लोरेन्सको पहिलो सिद्धान्त थियो विरामीले स्वच्छ हावा पाउनुपर्छ । यसैले उनले प्रचलित विश्वासको वास्त नगरी विरामीको कोठाको भ्mयाल खुल्ला राख्न थालिन् । उनले त्यसरी कयौं अरु सुधार पनि गरिन् । विस्तारै विस्तारै अस्पतालमा विरामीको संख्या बढ्न थाल्यो । अव फ्लोरेन्सलाई किङ्ग्स कलेज हस्पिटलको नर्सको सुपरटेन्डेण्ट बनाउने कुरा हुन थाल्यो । सेप्टेम्बर १८५४ मा क्रिमियाको युद्ध शुरु भयो । त्यहाँ लडाँईमा अंग्रेज सेनाहरु विजय भए । तर घाईते सिपाहिको सेवा सश्रुषको कुनै प्रबन्ध थिएन । डाक्टरहरु थोरै थिए । यो कुरातिर ध्यान दिलाउने आवश्यकता छैन कि औषधि र अन्य अत्यावश्यक साधनविना घाईते सिपाहिमा के भयो होला र उनीहरुमध्ये कति बिनाकारण मारिए होलान् । सिडनी हर्बट त्यसबेला युद्धमन्त्री थिए । उनले प्लोरेन्सको अगाडि क्रिमिया जाने प्रस्ताव राखे । उनी तयार भईन् । तुरुन्तै एउटा योजना बनाए । २१ अक्टोवर, १८५४ मा उनी त्यहाँबाट हिंडिन् ।
सारा देशमा पत्रिकामा छापिएका सैनिकको दुर्गतिको वर्णन पढेर क्षोम भईरहेको थियो । जव मानिसहरुले सुने एक उच्च खानदानकी स्त्री आफ्नो सुख र आराम छाडेर क्रिमिया गईरहेकी छिन् र उनीसँगै ३८ जना नर्स पनि छन्, तव सारा देशमा प्रशन्नताको लहर छायो । उनको सहायताको लागि चन्दा जम्मा हुन थाल्यो । धन बाहेक उनका कामको लागि चाहिने बस्तहरु प्नि उनलाई दानमा दिईयो । सरकारी धन पनि उनको कामको लागि सहयोगस्वरुप दिईयो । नोभेम्बरको सुरुमाउनी स्कुटारी पुगेका थिए । तुरुन्तै इन्करमनको लडाँईबाट ६०० घाईते सिपाहीहरु आए । यो समय काम गर्नुपर्ने थियो । । त्यही केही मानिसले उनको काममा बाधा अड्चन पु्ययाईरहेका थिए । पहिला त भनियो कि पुरुषको काममा कुनै स्त्रीलाई इन्चार्ज बनाउनु घोर नास्तिकताको काम हो । सेनाका अफिसर पनि उनको काममा सहयोग गर्दैनथे । उनीहरुको काम गर्ने तरिका पनि ढिलो र सुस्त थियो । जव विरामीको ज्यान जोखिममा हुन्छ तब धेरै ढिला गर्नुहुदैन भन्ने प्mलोरेन्सले त्यो खोतल्ने आदेश दिइन् । लुगा धुने ठेकदारले जव आफ्नो काम पूर्णरुपमा गर्न सकेनन् तव उनले उएटा भाँडामा लिईन् । र लुगा धुने आफ्नै प्रवन्ध गरिन ।
उनी आफ्ना कर्मचारीको अनुशासनमा पूरा ध्यान दिन्थिन् । जसले इंल्याण्डबाट नयाँ कर्मचरी आउथे, जसको शिक्षाको प्रवन्ध अझैसम्म इंग्ल्याण्डमा गरिसकिएको हुन्थ्यो । विरामीको देखभालसँग सम्बन्धित हरेक विभाग उनले एक दिनमा बीस घण्टासम्म काम गर्न तयार रहन्थिन् । खाना पकाउनेदेखि लिएर बिरामीको हेरविचार गर्ने, बढार्ने सवै काम उनले गर्नुपथ्र्यो । जवदेखि उनले यहाँको प्रबन्ध सम्महालिन, मृत्युको संख्या घट्दै गयो । पहिला बयालीस प्रतिशत विरामी मर्थे । यो संख्या घटेर दुई प्रतिशतमा झ्यो ।
चाहे दिनमा उनले जति नै काम गर्नु परोस् । उनको नियम थियो, उनी राती सुत्नु अगाडि एक पटक विरामीलाई हेरेर आउने गर्थिन् , कालो लुगा लगाएर आफ्नो बाक्लो कपाल सेतो टोपीले ढाकेर एउटी अग्लो पातलो आकृति आफ्नो हातमा बत्ति बोकेर सारा अस्पताल घुम्ने गर्थिन र घाउ दुखेर कराईरहेका विरामीलाई सान्तना दिन्थिन् । फ्लोरेन्स नाईटिगेलको यो आकृति देखेर निराशहरुलाई आशाको सन्देश मिल्थ्यो र मृत्युसँग लड्दै गरेका घाईतेहरु यसमा जीवनको ज्योति देख्दथे । मानिसले उनलाई बत्ति लिएकी केटी अर्थात लेडि विथ ल ल्याम्प भन्ने शुरु गरे । यो बाहेक उनले सैनिकलाई अरु फाईदा पनि पु्याईन् । विरामीको मन बहलाउनको लागि जव उनले विभिन्न प्रकारका खेल, मनोरञ्जन, पत्रपत्रिकाहरु, पुस्तक जम्मा पार्न थालेपछि सैनिक जीवनको आवश्यकता बनेका छन् ।
एकदिन उनी आफै विरामी भईन् । उनी ठिक भएपछि इंग्लाण्डभरी उत्सव मनाईयो । महारानी भिक्टोरियाले उनलाई पत्र लेखि, उनलाई ती नारीसँग भेट गरेर धेरै खुशी लाग्नेछ । जसले स्त्रीहरुको सम्मानलाई यति उच्च बनाएकी छिन । तर उनी क्रिमियाबाट त्यो बेलासम्म हिंडिनन् जबसम्म अंग्र्जी सेना हटेनन् । लण्डनमा उनको भव्य स्वागतको तयारी गरिएको थियो । तर उनी गुपचुपमा त्यहाँबाट हिंडिन, कसैले उनी आएको खवर समेत पाएनन् । पछि उनले महारानीसँग भेट गरिन् र उनलाई आफ्नो योजना प्रस्ट पारिन । उनको योजना कार्यन्वयन गर्नको लागि पचास हजार पाउण्ड –लगभग पौने दश लाख रुपौया) जम्मा गरियो । यो धनको साहयताले उनले नर्सहरुलाई तालिम दिनको लाागि एउटा ठूलो कलेज खोलिन् । अरु धेरै केन्द्रहरु पनि खोलिन् । उनले १०५८ मा सेनाको स्वास्थ्या सम्बन्धमा ८०० पृष्ठको एउटा पुस्तकमा आफ्नो विचार प्रकट गरिन । १८५७ मा उनी भारत आउन चाहन्थिन् तर आउन पाईनन् । उनी भारतका गाउँमा मेडिकल मिशन पठाउनमा सदैव जोड दिन्थिन् ।
१८७२ मा उनले आफ्नो कामबाट छुट्टी लिईन् र एकान्त जीवन बिताउन थालिन् । यसपछि उनी धेरैजसो आफ्नो कोठमा बस्थिन् कुनै विशेष मानिस लिएर घुम्न निस्कन्थिन् । १९०७ मा उनलाई अर्डर अफ मेरिट ले सम्मान गरियो । जीवनको अन्तिम क्षणमा उनले आँखाको ज्योति गुमाईन् र दृष्टिविहिन भएर केही वर्ष गजुरेलपछि १३ अगष्ट, १९१० मा उनको मृत्यु भयो ।
तर फ्लोरेन्स नाईटिङ्गेलले पीडित मानबको सेवाको जुन दीप प्रज्वलित गरेकी थिईन । त्यो अझैसम्म बसलरहेको छ र भविष्यलाई पनि आफ्नो जीवदायिनी ज्योतिले प्रकाशित गरिरहनेछ ।

विश्व हल्लाउने महिलाहरु

तपाईको प्रतिक्रिया