तपाई कस्तो प्रेममा हुनुहुन्छ, थाहा पाउनुहोस्……..

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
तपाई कस्तो प्रेममा हुनुहुन्छ, थाहा पाउनुहोस्……..

Share

नारीकोसिस डटकम । “प्रेम” एक भावनात्मक कसैप्रतिकिो लगाव हो । प्रेमपूर्ण शव्दले मानिसलाई आफ्नोपनको आभाष गराउछ । प्रेम मष्तिकले होइन, मनले आफै गर्छ । यदि हामी मष्तिकले प्रेम गर्छौ भने त्यो केवल बनावटी र देखावटी मात्र हुनेछ । तसर्थ प्रेम कसैले लाएर अथवा धमकाएर गरिने होइन । मनको प्रेम आफैमा स्वाधिन हुन्छ ।
प्रेमबारे केही जानकारी यस्तो छः

पागलपन प्रेम
पागलपन प्रेममा परेकाहरु आफ्नो जोडी बाहेक अरु कसैको मतलब गर्दैनन् । उनीहरु प्रेममा यदि डुबेका हुन्छन् कि जस्तो सुकै जोखिम उठाउनुलाई नै प्रेम भएको मान्दछन् ।

एकतर्फी प्रेम
एकतर्फी प्रेम भनेको मनको कुरा मन पराइएको मानिसलाई भन्न नसक्ने अवस्थामा भएकालाई बुझिन्छ। यस प्रकारको प्रेममा मात्र पीडा हुन्छ । मनको कुरा अभिव्यक्त गर्न नसक्नु यस प्रकारको प्रेमको सबैभन्दा ठुलो कमजोरी हुनाले अधिकांश यस्तो प्रेम वियोगमा टुगिंने गर्दछ ।

आर्कषण प्रेम
आर्कषण प्रेम भनेको कोही मानिस देख्नासाथ मन पर्ने र उनीहरुसँग एकै भेट वा हेराइमा नै हुने प्रेम हो । यस्तो प्रकारको प्रेम किशोर अवस्थाबाट युवा अवस्थामा बढी हुने भएकोले यो प्रेम धेरै लामो समय टिक्दैन ।

लामो प्रेम
प्रेममा परेको लामो समयसम्म जुन सुकै परिस्थितिमा प्रेम टिकाइ राख्नेको प्रेम नै लामो प्रेम हो । प्रेममा परेको समयमा आएका अनेकौं अप्ठेरा, दुःख, कष्ट तथा व्यवधान सहेर केही जोडी आफ्नो प्रेम सफल पार्न लागि पर्ने गर्छन् ।

आत्मीय प्रेम
आत्मीय प्रेममा भावनाको मोल बढी हुने भएकोले यो प्रेम आफन्त तथा साथीभाइसँग हुने गर्दछ । यो प्रेममा शारीरिक आकर्षणले कुनै फरक पार्दैन ।

बन्धन प्रेम
प्रेममा पर्न हतार हुने तर एकअर्काबीच नजिकिएपछि पश्चाताप वा दुखी हुने प्रेम ‘बन्धन प्रेम’ हो । बाध्यताका कारणले नजिकिएका र नचाहँदा नचाहादै पनि प्रेममा परेकामा यो समस्या बढि मात्रामा देखिन्छ ।

मतलबी प्रेम
मतलबी प्रेम त्यस्तो प्रेम हो, जहाँ निकै खतरा हुन्छ । यस प्रकारको प्रेममा आफ्नो स्वार्थसंग मात्र मतलब राखिन्छ ।

रोमाञ्चित प्रेम
रोमाञ्चित प्रेममा सबै प्रेमका प्रकार भन्दा खतरनाक मानिन्छ । यस प्रकारको प्रेम भावनाको कारणले भन्दा पनि शारीरीक आर्कषण र आवश्यकताका कारण हुने गर्दछ ।

तपाईको प्रतिक्रिया