बैंकिङ अपराधमा कर्मचारी : १० वर्षमा २२ अर्ब ठगी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बैंकिङ अपराधमा कर्मचारी : १० वर्षमा २२ अर्ब ठगी

Share

पछिल्लो १० वर्षमा बैंकका कर्मचारीकै मिलेमतोमा २२ अर्बभन्दा धेरै अनियमितता भएको छ । यो अवधिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित हजारभन्दा धेरैविरुद्ध मुद्दा चलाएको छ । उनीहरूसँग २२ अर्ब ६ करोड आठ लाख ४६ हजार आठ सय ३४ रुपैयाँबराबरको बिगो दाबी गरिएको छ ।

हाल सिआइबीले नेपाल बैंकका नवौँ तहका कर्मचारी भूपराज कोइरालाले गरेको करिब ६० लाख अनियमितताको घटनामा छानबिन गरिरहेको छ । दुई महिनाअघि ब्युरोले बैंक अफ काठमाण्डूका पूर्वसिइओ अजय श्रेष्ठसहितका कर्मचारीविरुद्ध दुई करोड ५० लाख बिगोको मुद्दा दायर गरेको थियो । श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन् । खोलाको जग्गालाई राजमार्गछेउको भनेर कर्जा दिई अनियमितता गरेको भन्दै प्रहरीले मुद्दा चलाएको थियो ।

देवः विकास बैंकको घोराही शाखामा पनि कर्मचारीकै मिलेमतोमा १८ करोड अनियमितता भएको थियो । त्यसमा गत महिना मात्र प्रहरीले मुद्दा दायर गरेको छ । बैंकका प्रबन्धक समीर बुढाथोकीकै योजनामा बैंकभित्र अनियमितता भएको थियो ।

०६८ देखि सिआइबीले बैंकिङ कसुर अनुसन्धान थालेको हो । ०६८ जेठमा सिआइबीले करिब ५० करोड हिनामिना गरेको आरोपमा गोर्खा विकास बैंकका तत्कालीन अध्यक्ष डिबी बम्जन ९डम्बरबहादुर तामाङ०लाई पक्राउ गरेको थियो । सो बैंककै सञ्चालक प्रवीण नौलखाको कमलादीस्थित जग्गा खरिदमा अनियमितता गरेको तथा कर्जा प्रवाहमा व्यापक अनियमितता गरेको खुलेपछि राष्ट्र बैंकले उनीहरूलाई संस्थाबाट हटाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो । आफूलाई पक्राउको तयारी भएको खबर पाएपछि दुई महिनासम्म भूमिगत भएका बम्जन पछि बानेश्वरको आफ्नै घरबाट पक्राउ परेका थिए । सोही अनियमिततामा प्रहरीले बैंकका अन्य १३ सञ्चालक तथा प्रबन्धकलाई समेत मुद्दा चलाएको थियो ।

बम्जन पक्राउ परेको दुई सातापछि नै बाराको सिमरास्थित युनाइटेड विकास बैंकका पूर्वअध्यक्ष रवीन्द्रबहादुर सिंह र सञ्चालक राधाकृष्ण अमात्य पक्राउ परे । सिंहले अध्यक्ष हुँदा २७ करोड ६१ लाख र अमात्यले ६ करोड ७५ लाख अनियमितता गरेका थिए । उनीहरूलाई पुनरावेदन अदालत हेटौँडाले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । राष्ट्र बैंकले सो बैंक खारेजीको निर्णयसमेत गरिसकेको छ ।

युनाइटेडपछि प्रहरीले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा अनुसन्धान थालेका थियो । यहाँको अनियमितता अहिलेसम्मको ठूलो हो । प्रहरीले तत्कालीन अध्यक्ष विज्ञानराज पौडेल, प्रमुख सञ्चालक अधिकृत शिवराज जोशी तथा वरिष्ठ सहायक दीपकराज शर्मा, ऋणी भरतराज पौडेल तथा बैंकबाट अनियमित रूपमा कर्जा लिने रघु कार्की, हरिहर खड्कालगायतलाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो । सो मुद्दाका कतिपय अभियुक्त अहिलेसम्म फरार छन् ।

सम्झना फाइनान्समा पनि अनियमितता भएको थियो । हिमबहादुर गुरुङ र श्यामबहादुर श्रेष्ठलगायतमाथि ३४ करोड ठगीको मुद्दा चल्यो । प्रोग्रेसिभ फाइनान्सका अध्यक्ष शम्भु केसी पनि बैंकिङ कसुरमा जेल परे । क्यापिटल मर्चेन्ट फाइनान्सको अनियमितताको अनुसन्धान गर्न उनलाई पक्राउ गरिएकोमा प्रोगे्रसिभ फाइनान्समा उनले १० करोड अनियमितता गरेको खुलेको थियो ।

त्यस्तै, सिद्धार्थ डेभलपमेन्ट बैंकको अनियमिततामा पूर्वअध्यक्ष शेखर अर्याल, पूर्वसिइओ दीपेन्द्र कार्कीलगायत पक्राउ परेका थिए । हिमालयन फाइनान्सको अनियमिततामा हिमालयन प्रधानांग, श्यामकृष्ण श्रेष्ठ, अनुप प्रधानलगायत गत वर्ष पक्राउ परेका थिए ।

त्यस्तै, तत्कालीन नेपाल–श्रीलंका मर्चेन्ट एन्ड फाइनान्सको अनियमिततामा सिआइबीले रुबी जोशी, श्रीरामप्रसाद लामिछाने र गौरीशंखर चौधरीलाई पक्राउ गरेको थियो । हाल एनबी बैंकमा मर्ज भएको सो फाइनान्समा ३५ करोड अनियमितता भएको थियो । प्रहरीले किस्ट बैंकका कामु सिइओ बिएन घर्ती तथा कर्मचारीहरू मञ्जयराज पाण्डे र प्रगुन श्रेष्ठलाई समेत मुद्दा चलाएको थियो । बैंकका तत्कालीन सिइओ कमल ज्ञवालीको योजनामा अनियमितता भएको थियो । ज्ञवाली हाल जेलमा छन् । सरकारी बैंकहरू नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा समेत पटक–पटक अनियमितता भएका छन् ।

पैसा धेरै भएको क्षेत्र भएकाले कर्मचारीले लोभिएर हिनामिना गर्ने जोखिम रहेको सिआइबीका डिआइजी नीरज शाहीले बताए । तर, प्रहरी कारबाहीपछि बैंकिङ क्षेत्रमा धेरै सुधार भइसकेको उनको दाबी छ । बैंकभित्रको कमजोर नियन्त्रण प्रणालीका कारण पनि हिनामिना बढी भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

बैंकमा हिनामिना घटनामा अधिवक्ता उद्धव केसी नेपाल राष्ट्र बैंकको कमजोरीसमेत औँल्याउँछन् । ‘तीन–तीन महिनामा राष्ट्र बैंकले बैंकहरूको अनुगमन गर्छ, अनुगमनमा राम्रो हुने हो भने बैंकभित्र बदमासी हुने चान्स नै हुँदैन,’ उनी भन्छन्, ‘बैंकले पनि कर्जा दिने शैली फेर्नुपर्छ, यसमा सम्मानीय सर्वोच्च अदालतबाट समेत आदेश भएका छन् ।’
एउटै बैंकबाट झन्डै आठ अर्बसम्म ठगी

*क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स स् सात अर्ब ७३ करोड ५७ लाख
*नेपाल सेयर मार्केट एन्ड फाइनान्स स् पाँच अर्ब ७९ लाख
*एपेक्स बैंक स् एक अर्ब ५० करोड
*एच एन्ड बी डेभलपमेन्ट बैंक स् एक अर्ब पाँच करोड ३३ लाख
*गोरखा डेभलपमेन्ट बैंक– ८६ करोड ७३ लाख
*पिपुल्स फाइनान्स– ७३ करोड ९२ लाख
*किस्ट बैंक– ५७ करोड ४४ लाख
*हिमालयन फाइनान्स र वैभव फाइनान्स– ५३ करोड ६ लाख
*क्रिस्टल फाइनान्स– ४४ करोड ६१ लाख
*नेपाल विकास बैंक– ३६ करोड पाँच लाख
*कृषि विकास बैंक ९स्वयम्भू शाखा०– ३३ करोड ९३ लाख
*बुटवल फाइनान्स– २७ करोड २६ लाख
*सिद्धार्थ डेभलपमेन्ट बैंक– २५ करोड २८ लाख
*नेपाल बैंक– १५ करोड ५१ लाख
*किस्ट बैंक– १५ करोड १६ लाख
*जनरल फाइनान्स– १३ करोड ९९ लाख
*एनआइडिसी क्यापिटल मार्केट– १३ करोड १७ लाख
*कृषि विकास बैंक ९लगनखेल शाखा०– १० करोड ६२ लाख
*युनाइटेड विकास बैंक– नौ करोड २४ लाख
*प्रोग्रेसिभ फाइनान्स– सात करोड ६९ लाख
*हामा मर्चेन्ट एन्ड फाइनान्स– सात करोड ६० लाख
*एनआइसी एसिया– ६ करोड ७४ लाख
*सम्झना फाइनान्स– ६ करोड २८ लाख
*एनआइडिसी क्यापिटल मार्केट– चार करोड ७८ लाख
*राष्ट्रिय वाणिज्य बैंक ९धुलिखेल शाखा०– चार करोड ७१ लाख
*पश्चिमाञ्चल फाइनान्स– चार करोड ४६ लाख
*कृषि विकास बैंक ९न्युरोड शाखा०– चार करोड ४२ लाख
*कैलाश विकास बैंक– तीन करोड ४१ लाख
*मञ्जुश्री फाइनान्स– तीन करोड २१ लाख
*श्रीलंका मर्चेन्ट एन्ड फाइनान्स– दुई करोड ९२ लाख
*एनबी बैंक– दुई करोड ९२ लाख
*सामुदायिक लघुवित्त– दुई करोड ५७ लाख
*बैंक अफ काठमाण्डू– दुई करोड ५० लाख
*देवः विकास बैंक– दुई करोड १० लाख
*माछापुच्छ्रे बैंक– एक करोड ४२ लाख
*यती डेभलपमेन्ट बैंक– एक करोड ४० लाख
*मञ्जुश्री फाइनान्स– एक करोड ३४ लाख
*सिटिजन्स बैंक– एक करोड २८ लाख
*सिभिल बैंक– एक करोड २३ लाख
*कृषि विकास बैंक ९रत्नपार्क०– एक करोड १० लाख
*प्रुडेन्सियल फाइनान्स– ८७ लाख
*ग्लोबल आइएमई बैंक– ८६ लाख ७० हजार
*राष्ट्रिय वाणिज्य बैंक– ८१ लाख १२ हजार
*सिभिल बैंक– ४५ लाख ४५ हजार
*नबिल बैंक– ४४ लाख ४९ हजार
*सिभिल बैंक ९बौद्ध शाखा०– ३५ लाख ६१ हजार
*इम्पेरियल फाइनान्स– ३० लाख ६८ हजार
*सनराइज बैंक– २२ लाख ७७ हजार
*एभरेस्ट बैंक– १९ लाख ५० हजार
*हिमालयन बैंक– ६ लाख ५८ हजार

यो समाचार मसिर ७ गतेको नयाँपत्रिकामा नवराज मैनालीले लेखेका हुन ।

तपाईको प्रतिक्रिया