१० प्रेरक भनाईहरु……

१. परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि “जब हावा चल्छ त्यसले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ “।
२. जिवनमा जतिनै दु:ख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागि उषाका किरण संगै शितका थोपा झर्नु पर्छ अनि खुशी हुनको लागि दुई नयनविच ऑशुका थोपा वग्नु पर्छ ।
३. चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडापनि। मान्छेपनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा ।
४.गुलावको बोटमा पनि काडा छ, चम्किलो चन्द्रमालाई पनि कालो दागले छोडेको छैन । देवकोटा पनि चुरोट पिउथे, हेमिंग्वे रक्सी खान्थे । नकरात्मकता हामी सबैभित्र हुन्छ तर हाम्रो प्रयत्न भनेको सकरात्मकताले त्यसलाई जित्नु हो ।
५. हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।
६. एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।
७. हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन आफैमा मुल्यवान त हुदैन । तर अरू संग जोडिनदा त्यसको मुल्य बढाईदिन्छ।
८. यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस तपाई सबसे धनी व्यक्ति हो ।
९. नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलतापछि सफलता मिल्छ।
१०. निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ ।
तपाईको प्रतिक्रिया