गजल

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
गजल

Share

तिमीलाई दुलही बनाउन सोर्ह श्रीङ्गार गरेको दिन
म दौरा सुरुवाल ढाका टोपिमा चटक्क परेको दिन।।

पञ्चेबाजा बजाउदै नाच्दै गाँउदै आगनिमा पुग्दा
स्वागत गर्दै जन्ती पर्सिन फुल अक्षता छरेको दिन।।

सुख दु:ख जीवन भर सङ्गै बाच्ने कसम खादै
अग्नि साक्षिराखी तिम्रो खाली सिउँदो भरेको दिन।।

आफ्नो जन्मथलो दाजुभाइ चटक्क छोडेर गाउँघर
नयाँ जीवन सजाउन डोलिबाट तिमि झरेको दिन।।

तिम्रो सुन्दरतामा लठ्ठिदैै नजिकन म खोज्दा सानू
तिमी म देखि अफ्ठ्येरो मान्दै झन पर सरेको दिन।।

बालकृष्ण पौडेल (बाला)हेम्जा २५ पोखरा

तपाईको प्रतिक्रिया