सफल जीवन जीउनको लागि ७ सुत्रहरु

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
सफल जीवन जीउनको लागि ७ सुत्रहरु

Share

नारीकोसिस डटकम । सफल जीवन जीउने चाहाना सबैको हुन्छ। जसको लागि संघर्ष गर्नुपनेहुन्छ । मानव जीवनमा उतारचढाव भईरहनु वा आईरहनु स्वभाविक हो । त्यो उतारचढावहरुलाई सामाना गर्दै सहि मार्ग अंगाल्ने हो भने असम्भव भन्ने कुरा केहि पनि छैन ।

सफल जीवनको लागि मानसिक रुपमा पनि स्वस्थ हुनुपर्छ । जसले यस्ता उतारचढावलाई सजिलैसँग सामना गर्न सकिन्छ ।

हाम्रो दिमाग वा मानस्थितिलाई स्वस्थ राख्नका लागि सामान्य अस्वस्थ व्यवहारलाई हटाउन जरुरी छ ।

जसको लागि निम्न केही महत्वपूर्ण टिप्सहरु तपाईका लागि सहयागी बन्न सक्नेछः 

कडा परिश्रम: सफलता पाउनको लागि कडा परिश्रम गर्नुस् अवश्य सफलताको भागीदार हुनेछन् र त्यो जस्तो आनन्दको पल कुनैपनि हुनै सक्दैन । आजको जतिपनि सफल व्यक्तिहरु छन् ति सबै कडा मिहेनतकै कारण हो ।

गल्ती स्वीकारगर्नेः गल्ति जो कोहीबाट हुन्छ र गल्तिबाटानै सिक्दै जाने हो । तर जानीजानी चै गर्नु हुदैन । नजानेर हुने गल्तीलाई स्वीकार गरि सच्याउनु पर्छ ।

तनाव नलिनेः हामी सामाजिक प्राणि हौ त्यसैले हामीमा तनाव त हुन्छ नै तर त्यो तनावलाई लिई रहनु हुदैन । एकचोटी भएको गल्तीलाई बारम्बार सम्झदा तनाव हुन्छ र दिमागको क्षय हुन्छ । त्यसैले गल्ती नदोहो¥याउनेमा प्रतिबद्ध भएर पुराना गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ ।

परिवर्तनसँग लड्नेः परिवर्तनसँग लड्नु जरुरि छ । जे छ त्यसमै रमाउन वातावरण सिर्जना गर्नु हुदैन । जसले गर्दा दिमागमा नयाँ सोच सिर्जना हुँदैन । परिस्थितिको परिबर्तनलाई अवसरको रुपमा लियामा मात्र सफलताको माथिल्लो सिँढीमा पुगन सकिन्छ । मान्छेको दिमाग परिवर्तनलाई सदा स्वागत गर्छ ।

एक्लोपन महसुस नगर्नेः हामी सधै अधिकांश समय साथीसँग कटाउन रुचाउँछन् । यो दिमाग क्षय गर्ने सबभन्दा ठूलो कारण हो । जसले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन । बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हुँदै जान्छ । गहन कुरा सोच्न खोज्दा समेत एकाग्र हुन सकिदैन । त्यसैले एक्लोपनसँग डराउने होइन, त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ ।

अर्काको सफलतामा रमाउनेः अर्काको सफलता सामूहिक रोग हो, अर्काको प्रगतिमा जल्ने । आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततः दिमाग नै त्यही रुपमा बदलिन्छ । नकारात्मक कुरालाई महत्व दिने ग्रन्थी दिमागबाट चाँडो निस्किन थाल्छन् । अन्तमा गएर आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि दिमाग चल्छ । आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिंदा कहिल्यै सफलता हाँसिल गर्न सकिँदैन ।

अरुसँग आफ्नो तुलनाः हाम्रो तुलना अर्को कोहीसँग गर्नुहुँदैन । हाम्रो जन्मिने वातावरण, समय र अवस्था नै फरक भएपछि कुनै कुरामा समानता हुने सम्भावनै हुँदैन । आफूलाई अरुसँग दाँज्ने बानीले कहिल्यै बुद्धिको विकास हुन दिँदैन । आफू अरुभन्दा फरक हो र हुनुपर्छ भन्ने सोचाइले अन्ततः फरक बनाएरै छाड्छ ।

तपाईको प्रतिक्रिया