नियमित स्याउ खाँदा पुग्छ यस्ता फाइदा

नारीकोसिस डटकम । स्याउ स्वास्थ्यको लागि फाइदाजनक छ । स्याउमा शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वह रहेका हुन्छन् ।
स्याउ अन्य फलफूलजस्तै स्वादिलो हुन्छ । खादा गुलियो भएको हुनाले यसलाई केटाकेटिले पनि मन पराउछन् ।
यस्ता छन्, स्याउ खानुका फाइदा
तौल सन्तुलित
शरिरको तौल हरदम फिट राख्नका साथै स्याउ नियमित सेवन गर्दा पाचन प्रणालीलाई सन्तुलनमा राख्दछ । यसका साथै शरिरको इम्युनो सिस्टमलाई पनि राम्रो राख्छ । धेरै नसर्ने रोगहरु जस्तै मुटुरोग उच्चरक्तचाप मधुमेह आदि शरीरको तौलसंग सम्वन्धीत हुन्छ । स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।
पत्थरी कव्जीयतबाट बचाउँछ
नियमित स्याउ खानाले पत्थरी हुनबाट बचाउँछ । स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ । त्यसैगरी कब्जियत भएको बेला त्यहि फाइबरले कोलनबाट पानी तानी कब्जियत निकोपार्न मद्दत गर्छ ।
सुन्दरता बढाउँछ
स्याउको सेवनले अनुहारमा हुने काला तथा सेता दागहरु हटउन मद्दत गरेसँगै अनुहारमा चमक आउँछ । साथै स्याउको प्रतिदिन सेवनले शरीरमा मौजुद रहेको अनावश्यक बोसो बिस्तारै बिस्तारै कम हुन्छ । नियमित सेवनले अनुहारमा भएका कालो धव्वाह पनि हराएर जान्छ र अनुहार सुन्दर देखिन्छ ।
एनिमियाको बिरामीलाई फाईदा
एनिमिया रोगको कारण शरिरमा रगतको मात्रा कमी भएर आउँछ र हेमोग्लोविनको मात्रा घट्छ । त्यसको लागि स्याउ खानु अति उत्तम हुन्छ । स्याउमा भएको आइरनले रगतको मात्रा बढाउन सहयोग गर्छ । यस्ता रोगीले दैनिक स्याउ सेवन गर्नु अति उत्तम हुन्छ ।
क्यान्सरको खतरा मुक्त
नियमित सेवन गर्दा पेट तथा स्तनको क्यान्सर हुनबाट बचाउँछ । स्याउले मानिसको शरिरमा रोगसंग लड्ने कोशिकामा तागत प्रदान गर्छ ।
कोलेस्ट्रोल कम
स्याउमा पाईने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गराउँछ । यसका साथै नियमित स्याउ खाने हो भने डायविटिज हुने सम्भावना पनि २८ प्रतिशतले कमी भएर आउने छ । स्याउको सेवनले शरिरमा ग्लुकोजको मात्रा कमी हुन दिँदैन र इन्सुलिन लिनुपर्ने आवस्यकता पर्दैन ।
कलेजोको शुद्धिकरण
शरीरमा छिर्ने खानामा धेरै विषालु पदार्थहरु रहेका हुन्छन् । त्यसलाई शरीरको रक्तसञ्चार प्रक्रियासम्म पुग्नबाट रोक्ने काम कलेजोले गर्छ । जसले गर्दा कलेजोमा विषालु पदार्थ भरिएको हुन्छ । स्याउ एक त्यस्तो फल हो जसले कलेजोलाई शुद्ध र सफा गर्न मद्दत गर्छ ।
रोेगप्रतिरोधात्मक क्षमता
स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
एल्जाइमर हुन दिदैन
स्याउले मस्तिस्कलाई बुढो हुन दिदैन र हरदम स्वस्थ र तन्दुरुस्त राख्छ । डायबीटीज हुन दिदैन हरेक दिन एक दाना स्याउ खाने मानिसमा टाइप २ डायबीटीज हुने सम्भावना २८ प्रतिशतले कम हुन्छ ।
कोलेस्टेरोल घटाउँछ
स्याउमा पाइने घुलनसिल फाइबर आन्द्राको चिल्लो पदार्थसंग बाधिन्छ र शरीरमा कोलेस्टेटोलको मात्रा कम हुन्छ ।
स्वस्थ मुटु
स्याउमा पाइने फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिइ रक्तसञ्चारलाई स्वस्थ बनाई राख्छ । पित्तथैलीको पत्थरी स् पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ । स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन ।
मधुमेहलाई नियन्त्रित गर्छ
स्याउको सेवनले शरीरमा टाइप २ मधुमेहको खतरालाई कम गर्छ । यसमा मौजद तत्वले शरीरुमा ग्लुकोजको कमी पूरा गर्छ । शरीरमा प्रचुर मात्रामा ग्लुकोज हुँदा तपाईंले इन्सुलिन लिनुपर्ने आवश्यकता पर्दैन ।
मोतियाविन्दु
स्याउको सेवनले आँखामा हुने मोतियाविन्दुको समस्याबाट बचाउन मद्दत गर्छ । आँखासम्बन्धि अन्य रोग पनि लाग्न दिँदैन ।
तपाईको प्रतिक्रिया