उमेरभन्दा कम देखिन कपालको स्टाइल

नारीकोसिस डटकम । सुन्दर देखिन वा जवान देखिन कपालको स्टाइलमा पनि ध्यान दिनु जरुरी छ । कपालको स्टाइलले पनि स्मार्ट महसुस हुनुको साथै जवान पनि महसुस हुने गर्दछ । तर कपालको स्टाइलको छनोट भने सही र आफूलाई सुहाउने खालको हुनुपर्छ । जसका कारण अरुभन्दा आर्कषित र राम्रो पनि देखिन्छ ।
मेसी स्टाइल
यो स्टाइल बनाउनमा कतिपनि डराउनु पदैन । सबै उमेरको महिलाको लागि राम्रो देखिन्छ । यो स्टाइलको लागि कपाललाई एउटा साइडमा बाध्नुपर्छ । यसरी बाँधेपछि कपाल बाटेर हल्का दबाएर अलिकति खोल्नुपर्छ । यो स्टाइल आफ्नो उमेर भन्दा सानो देखाउनको लागि निकै उपयोगी पनि मानिन्छ ।
छोटो कट
कपाल बाक्लो होस् वा पातलो कपालको बनावट जस्तासुकै भएपनि कपाल छोटो बनाउँदा जवान नै देखिन्छ । यो स्टाइलको लागि समय पनि त्यति लाग्दैन र व्यस्त मान्छेले यो स्टाइल गरेको हुन्छ ।
फिज कट
फिंज कटले सानो उमेर देखाउनुका साथै सधै जवान देखिनलाई ठुलो मद्दत गर्छ । सबै खाले अनुहारमा अत्यधिक आर्कषित देखाउँछ । फिंज कटले आफ्नो चेअेराको चार गुणा रौनक बढाइदिन्छ । यो कटको साथमा अरु कपालको स्टाइल पनि गर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया