जानिराखौंः निरोगी जीवन जीउने तरिका

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
जानिराखौंः निरोगी जीवन जीउने तरिका

Share

नारीकोसिस डटमकम ।  हामी सवैजनाको चाहना हुन्छ, स्वस्थ जीवन जीउने । र आफ्नो स्वास्थ्य सधैंभरी स्वस्थ राख्न चाहन्छ । जसको लागि स्वस्थ रहनका लागि मानिसले हरेक प्रकारका मेहनतहरु पनि गरिरहेको हुन्छ । कहिलेकाही मेहनत गर्दा पनि अस्वस्थ हुन्छौं र बिरामी पर्छौं । यद्यपि, हामीले केही साना–साना कुराहरुमा ध्यान दिन सक्यौं भने आफूलाई सकेसम्म स्वस्थ राख्न सफल हुनेछौं । आफूलाई स्वस्थ राख्न गरिने केही प्रयासहरु यस्ता छन्ः

तनाव नियन्त्रणः यदि आफूलाई तनाव बढेको महसुस भएमा वा निद्रा गडबड छ भन्ने लाग्छ भने तुरुन्त डाक्टरकहाँ गएर परीक्षण गराउनु पर्छ ।

अत्यधिक तरल पदार्थको सेवनः पानी शरीरको प्रमुख तत्व हो । हाम्रो शरीरको तौलको ६० प्रतिशत अंश पानी हुन्छ । शरीरका हरेक प्रणालीलाई पानीको आवश्यकता हुन्छ । औषत् एकजना बयस्क व्यक्तिलाई दैनिक कम्तीमा १ दशमलव ५ देखि २ लिटर पानी चाहिन्छ । पानीले शरीरको छाला कोमल बनाउनुका साथै पाचनतन्त्र ठिक राख्छ ।

खानामा नुनको मात्राः अचार, पापड, सुप तथा तरकारीमा नुनको प्रयोग कम गर्नुपर्छ । स्वस्थ शरीरका लागि हरेक दिन ५ ग्रामभन्दा कम नुन खानु उपयुक्त मानिन्छ । ताजा तरकारी, फलफूल, माछा, पोल्ट्री उत्पादन तथा ननभेज खाना खानुपर्छ ।

तौलमा नियन्त्रणः शरीर मोटो भयो भने अस्वस्थ हुने सम्भावना पनि त्यत्ति नै बढी हुन्छ । अतिरिक्त तौलका कारण पनि स्वास्थ्यसम्बन्धी जोखिम बढ्छ र हृदय रोग तथा मधुमेहजस्ता रोग लाग्ने सम्भावना बढ्छ । यदि तौल सामान्यभन्दा बढी छ भने खानपानमा बिस्तारै परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ । आफ्नो शारीरिक सक्रियता बढाउनुपर्छ । यदि एकैदिनमा एक–डेढ किलो तौल बढेको छ र सातामा एक–दुई किलो बढ्दैछ भने कुनै फिटनेस ट्रेनरसित सल्लाह गरी काम गर्नुपर्छ ।

ब्लड प्रेसर(कोलेस्ट्रोल
ब्लड प्रेसर तथा कोलेस्ट्रोलको नियमित परीक्षण गराउनुपर्छ । उच्च रक्तचाप भएका व्यक्तिमा सधैं स्ट्रोक अथवा हृदयाघात हुने खतरा हुन्छ । सकेसम्म हरेक दिन ब्लड प्रेसर जाँच गराउनुपर्छ र थोरै पनि परिवर्तन देखियो भने डाक्टरसँग सल्लाह लिनुपर्छ । रक्तचाप कम हुँदा हृदयमा दबाब कम हुन्छ ।

व्यायाम गर्ने बानी
व्यायाम गर्दा शरीरमा शक्ति बढ्छ । शरीरका मांसपेशी पनि मजबुत हुन्छन् । त्यसैले बिस्तारै–बिस्तारै व्यायाम गर्ने बानी बसाल्नुपर्छ । जसले शारीरिक क्षमता स्वतः विकसित हुन्छ । शारीरिक व्यायामका लागि अलग–अलग प्रकारको एरोविक्स, पौडी, साइक्लिङ आदि गर्न सकिन्छ ।

धूम्रपान नियन्त्रण : धूम्रपानले धेरै प्रकारका रोगहरु निम्त्याउँछ । धूम्रपानका कारण ब्लड प्रेसर बढ्छ । यसले व्यायाम गर्ने क्षमता घट्छ र शरीरमा रगत जम्ने जोखिम वृद्धि हुन्छ । धूम्रपान छोड्दा आयु बढ्छ, स्वास्थ्यमा सुधार आउँछ । यसबाट आकर्षक देखिन सकिन्छ भने धूम्रपानका कारण मुहारको रिङ्कल बढ्छ । दाँतमा दाग पर्छ, फोक्सो प्रभावित हुन्छ, औंला पहेँला हुन्छन् । अनि छालाको रंग पनि परिवर्तन हुन्छ । त्यस्तै धूम्रपान त्याग गर्दा इन्द्रियहरू सक्रिय मात्र हुँदैनन्, तपाईंको पैसा पनि बचत हुन्छ ।

मद्यपान नियन्त्रणः धूम्रपान जस्तै मद्यपान पनि शरीरका लागि हानिकारक हुन्छ । मद्यपान सेवन गर्दा कलेजो, फोक्सो तथा मुटुमा क्षति पुग्छ । यसले काम गर्ने क्षमतामा प्रभाव पार्छ । तौल बढ्छ र हृदयाघातको खतरा पनि बढाउँछ ।

तपाईको प्रतिक्रिया