कविता: कुहिरोमा हराएको काग सरी

कविता
कुहिरोमा हराएको काग सरी
पानीमा डुबेको तन सरी
थाहा छैन
फेरि किनारामा पुग्न सक्छु कि सक्दिन
फेरि त्यो खुल्ला आकाशमा
उड्न सक्छु कि सक्दिन
थाहा छ, किनारा एतै कतै नजिकै छ
तर पनि पौडिदा पौडिदै थाकि सकेछु
थाहा छ, यहि कतै खुल्ला आकाश छ
तर खै कसरी पुगिन्छ पत्तै भएन
कुनै दिन त अवश्य किनारामा पुगिन्छ भन्ने आश
कसै गरि खुल्ला आकाशमा उडिन्छ भन्ने भरोसा
यति हुदा हुँदै पनि
कतै यहि कुहिरोमा रुमलिन्छु कि भन्ने शङ्का
अनि
त्यो किनारामा पुग्न सक्दिन कि भन्ने त्रास
हेर्दा त नजिकै देख्छु ती गगन चुम्बि शिखरहरु
हातले छुन खोज्छु अनि विलाई दिन्छ मृगतृष्णा सरी।।
सविता बस्नेत २०७४
तीनथाना, चन्द्रागिरि १५, काठमाडौ
तपाईको प्रतिक्रिया