स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?

Share

नारीकोसिस डटकम । स्वस्थ मुटुका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ । अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित गरेको स्पेनिस नेशनल सेन्टर फर कार्डियोभास्कुलर रिसर्च (सिएनआइसी) को अनुसन्धानले ६ घण्टाभन्दा कम सुत्ने र ७–८ घण्टा सुत्ने मानिसको तुलना गर्दा ७–८ घण्टा सुत्ने मानिसमा हृदयसम्बन्धी रोग हुने खतरा ३५ प्रतिशतले कम हुने निस्कर्ष निकालेको छ ।

पर्याप्त निद्रा नपुग्नाले तथा अत्यधिक मात्रामा सुत्नाले ऐथिरोस्क्लेरोसिसको खतरा हुन सक्छ ।

ऐथिरोस्क्लेरोसिस एउटा यस्तो रोग हो, जसका कारण धमनीमा ‘प्लाक’ जम्ने खतरा हुन्छ । अनुसन्धानकर्ताले पुरुषको तुलनामा भन्दा ८ घण्टा भन्दा धेरै सुत्ने महिलामा मुटुसम्बन्धी रोगको खतरा ज्यादा हुने पत्ता लगाएका छन् ।

अनुसन्धानमा संलग्न डा. वेलिन्टिन फ्युस्टका अनुसार गुणस्तरीय निद्राले हानिकारक तत्वलाई टाढा राखे पनि चुरोट, रक्सी र क्याफिनको सेवनले निद्रालाई प्रभावित गर्छ ।

औषधिको तुलनामा सुत्ने तरिकामा परिवर्तन गर्नु मुटुको रोगको उपचारमा धेरै प्रभावकारी हुने पाइएको छ । ६ घन्टाभन्दा कम सुत्नेहरूमा मुटुरोगको खतरा २७ प्रतिशतले बढी भएको र आरामदायी निद्रा निदाउन सक्नेको तुलनामा रातमा राम्रोसँग निदाउन नसक्नेहरूमा मुटुसम्बन्धी रोग हुने खतरा ३४ प्रतिशतले बढी भएको अध्ययनले देखाएको छ ।

तपाईको प्रतिक्रिया