सुनको भाउ हालसम्मकै उच्च, सोमबार ७६ हजारमा कारोबार

नारीकोसिस डटकम/पुस २१, काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्य सोमबार प्रतितोला ७६ हजार रुपैयाँ पुगेको छ ।
शुक्रबार प्रतितोला ७४ हजार ५ सयमा कारोबार भएको छापावाल सुन १ हजार बढेर आइतबार ७५ हजार ५ सयमा कारोबार भएको थियो ।
सोमबार उक्त मूल्यमा पनि ५ सयले वृद्धि भई प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुनको मूल्य नेपाली बजारमा यो हालसम्मकै उच्च हो ।
त्यस्तै तेजावी सुनको मूल्यमा पनि आइतबारको तुलनामा प्रतितोला ५ सय रुपैयाँ वृद्धि भएको छ । आइतबार प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको तेजाबी सुन सोमबार ५ सयले वृद्धि भई प्रतितोला ७५ हजार ७ सय पुगेको छ ।
त्यस्तै शुक्रबार र आइतबार स्थिर रहेको चाँदीको मूल्यमा भने सोमबार प्रतितोला २० रुपैयाँ वृद्धि भएको छ । महासंघका अनुसार सोमबार प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया