प्राविधिक प्रहरी जवान पदमा भर्ना खुल्यो (सूचनासहित)

कोशिस मल्टिमेडिया
१ वर्ष पहिले
प्राविधिक प्रहरी जवान पदमा भर्ना खुल्यो (सूचनासहित)

नारीकोसिस डटकम/माघ २, काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै उच्छुक र योग्य उम्मेदवारलाई माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सूचीत गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियरिङ, केनाइन, हातहतियार, स्वास्थ्य, विज्ञान प्रविधि र संगीत उपसमूहमा दरखास्त आह्वान भएको हो । पदपूर्ति समावेशी प्रावधानअनुसार गरिने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया