कोरोना भाइरस के हो ? कारण, लक्षणर बच्ने उपाय…..

नारीकोसिस डटकम/माघ ९, काठमाडौं । हाल चीनमा महामारीको रुप लिएको नयाँ कोरोनो भाइरसको संक्रमण विभिन्न देशमा फैलिएको छ ।
३१ डिसेम्बरमा चीनको वुहान शहरबाट सुरु भएको उक्त भाइरस वेइजिङ र सेन्चेनमा समेत फैलिएको छ । भाइरसको संक्रमणबाट १७ जनाले ज्यान गुमाइसकेको बिबिसले जनाएको छ । त्यस्तै ७ सयभन्दा बढि संक्रमित भइसकेका छन् ।
चीनको वेइजिङस्थित पेकिङ्ग विश्वविद्यालयले सोमबार प्रकाशित गरेको जर्नल अफ मेडिकल भाइरोलोजीमा अनुसन्धानबाट यो कुरा पत्ता लागेको उल्लेख गरिएको छ ।
के हो कोरोना भाइरस ?
सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनका अनुसार कोरोना जनावरबाट मान्छेमा सर्ने भाइरस हो । तर कुन जनावरबाट सर्छ भन्ने अझै खुलीसकेको छैन ।
कोरोना भाइरस विभिन्न प्रकार छन् । अहिलेसम्म सार्स र मर्स दुई भाइरसको संक्रमण मानिसमा देखिएको थियो ।
सन् २००२ मा सार्स नामक कोरोना भाइरस चीनमा नै देखिएको थियो । यस्तै सन् २०१२ मा मर्स भाइरस फैलिएको थियो । मर्स भाइरस साउदी अरेबियामा ८० प्रतिशतसम्म देखिइरहेको छ ।
पुनका अनुसार अहिले देखिएको नोबेल कोरोना भाइरस हो । २०१९ एन कोरोना भाइरस भनिएको छ । विश्व स्वास्थ्य संगठनले नजिकबाट नियाली रहेको छ ।
कारण के हो?
अनुमान गरिए अनुसार जनावरबाट नै नयाँ भाइरसको सुरुवात भएको भनिए पनि यही जनावर भनेर पत्ता लागिसकेको छैन। अरु भाइरसमा यही जनावरबाट सर्छ भनेर भन्ने गरेका छौँ तर यो नयाँ भएकाले भन्न सकिन्न।
कस्ता लक्षण देखा पर्छन्रु
कोरोना भाइरसको संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन्।
यसको लक्षण फ्लूसँग मिल्दोजुल्दो हुने भएकाले रुघाखोकी लागेका व्यक्तिबाट हामी सतर्क हुनु पर्छ।
एकबाट अर्कोको सर्ने सम्भावना कति छरु
विश्व स्वास्थ्य संगठनले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिए पनि यसको बारेमा मानिसहरु अनविज्ञ नै छन्। हामीले पनि एक व्यक्तिबाट अर्कोमा कति चाँडो सर्छ भन्न सक्दैनौँ।
डा. शेरबहादुर पुन
यो सर्छ भनेर आधिकारीक रुपमा भनिएको छ। तर कति छिटो सर्छ वा कस्तो व्यक्तिलाई चाँडो सर्छ भन्ने थाहा भइसकेको छैन।
यो कुन भाइरस होरु कसरी सर्छरु यसले मानिसहरुमा कस्तो असर पार्छरु यसको ‘ओरिजिन’ के होरु रोगको प्रकृति कस्तो हुन्छरु भन्ने सबै कुराहरु पत्ता नलागेका कारण अन्दाजकै भरमा भनिएका छन्। नाम दिइसके पनि यो ‘मिस्टेरीयस्’ रोग हो।
नेपालमा यो भाइरसको जोखिक कत्तिको छर?
विश्व स्वास्थ्य संगठनले नै संसारभर सतर्कता अपनाउन जरुरी छ भनेको छ। संगठनले नै भनेकाले नेपालले पनि सतर्कता अपनाउन जरुरी छ। धेरै मानिसको आवतजावत हुने भएकाले पनि यहाँ सतर्कता अपनाउन आवश्यक छ।
चीनबाट नेपाल फर्केका केही युवामा यो भाइरस फैलिएको भन्ने हल्ला छ निरु
चीनबाट आएका ३–४ जना युवाहरुमा यो भाइरस देखा परेको भन्ने हल्ला फैलिएको हो। हल्लैहल्लामा बिस्तारै यो ३–४ बाट बढेर १०–१२ पुग्छ। यो कुरा मिडियाहरुले बुझ्न एकदमै जरुरी छ।
खासमा के हो भने एकजना विद्यार्थी चीनको वुहान सहरबाट नेपाल आएका थिए। उनलाई ज्वरो आउने र स्वास फेर्न गाह्रो भएकाले निगरानीमा राखिएको थियो। यो भाइरसको लक्षण हुन सक्ने भएकाले उनलाई निगरानीमा राखिएको हो। तर उनी निको भएर घर गइसकेका छन्।
यसबाट बच्ने उपाय के छन्रु
यसको बारेमा धेरै कुरा पत्ता लाग्न बाँकी नै छ। तर पनि प्रत्येक व्यक्ति सजक हुन आवश्यक त छ नै। यसमा म के भन्छु भने यो रोग कुन जनावरबाट सर्छ, अहिलेसम्म पत्ता नलागेका कारण कुनै पनि व्यक्ति धेरै जनावरहरु भएको ठाउँमा नजानु नै उपयुक्त हुन्छ।
यसबाट जोगिनका लागि
– हात धुने
– जथाभावी हात नमिलाउने
– जे पायो त्यही नछुने
– जथाभावी छोएका हात आँखा, मुखमा नलाने
– रुघा, खोकी लागेका व्यक्तिको नजिक नजाने
तपाईको प्रतिक्रिया