जातीय भेदभाव तथा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक दुई दिने तालिम सम्पन्न (भिडियो)

नारीकोसिस डटकम/माघ १५, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाद्वारा आयोजित जातीय भेदभाव तथा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक दुई दिने तालिम सम्पन्न भएको छ ।
सोही नगरपालिका वडा नं. ८ मदन आश्रित प्राविधिक शिक्षालयमा बुधवार सम्पन्न भएको हो ।
तालिम १४ र १५ गते गरी दुईदिनसम्म सञ्चालित सो तालिमको पहिलो दिन कानुनविद् विदुर ढुङगानाले महिलासँग सम्बन्धित कानुनी व्यवस्थाहरुको विषयमा र महिला अधिकारकर्मी सिता ओझाले महिला हिंसासम्बन्धी महिलाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
यसैगरी दोस्रो दिन अधिवक्ता अष्टलाल श्रेष्ठले मानव अधिकारसम्बन्धी, जातिय भेदभाव विरुद्धको सामाजि अभियान्ता रुकु रानापालले दलित अवधाराण जातिय व्यवस्था सम्बन्धी, नगरापालिका महिला शाखाप्रमुख सविना श्रेष्ठले लिंग र लैङ्गिताको विषयमा तालिमा सहभागी महिलाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
तालिममा स्थानीय महिलाहरुको सहभागीता रहेको थियो ।
भिडियो:
तपाईको प्रतिक्रिया