धनी बन्नका लागी रतन टाटाको ५ टिप्स

नारीकोसिस डटकम । रतन नवल टाटा एक भारतीय उद्योगपति, लगानीकर्ता, समाजसेवी, र टाटा सन्सका पूर्व अध्यक्ष हुन्।
उनले सफल हुनका लागि दिएका प्रभावकारी टिप्समध्ये केही टिप्स साभार गरिएको छः
१. रतन टाटाको मान्यता अनुसार व्यक्तिले आफ्नो योग्यता र परिस्थिती अनुसार अवसर र चुनौतीको पहिचान गर्नुपर्छ । तपाईंबारे तपाईंभन्दा राम्रो अरु कसैले पनि बुझेको हुँदैन त्यसकारण तपाईं आफ्नो वर्तमान परिस्थिती र योग्यतालाई बिचार गरेर अवसरको सही लाभ उठाउनुहोस् ।
२. तपाईं जस्तो हुनुहुन्छ त्यसलाई स्विकार गर्न आफूभित्र एक क्षमताको विकास गर्नुहोस् । वास्तविकतामा जिउँन भरपुर कोसिस गर्नुहोस् । जबसम्म तपाईं आफूमाथि विश्वास राख्नुहुन्न, जीवन राम्रोसँग चल्न सक्दैन ।
३. रतन टाटा वर्तमान समयमा यति उचाईसम्म पुगिसकेपछि पनि निकै विनम्र स्वभावका व्यक्ति हुन् र उनका अनुसार विनम्रता मानिसको व्यक्तित्वको आभुषण हो । विनम्रताले हाम्रो व्यक्तित्वमा निखार ल्याउनुका साथै थुप्रै पटक हाम्रो सफलताको कारण पनि बन्ने गर्दछ ।
४. के तपाईंलाई थाहा छ, रतन टाटाले पढाई पूरा गरेपछि जब काम सुरु गरे तब उनको पहिलो काम के थियो ? उनी टाटा स्टिलको ब्लास्ट फर्नेसमा कोइला र चुन ढुङ्गा फ्याँक्ने काम गर्दथे । तर उनले यो कामलाई निकै दृढताका साथ गरे र आज उनी कहाँ पुगेका छन् त्यो हामीलाई थाहै छ ।
त्यसकारण रतन टाटा सधैं यो मान्छन् कि कुनै पनि काम सानो र ठूलो हुँदैन । मात्र व्यक्तिले आफ्नो कामलाई पूरा दृढता र आनन्दपूर्वक गर्नुपर्छ । यतिमात्र होइन, जीवनको बाटोमा थुप्रै बाधा व्यावधान आउँछन्, यसबाट पछि हट्नुको साटो त्यससँग जुघ्नुपर्छ ।
५. हरेक व्यक्तिले सधैं उच्च मानसिकता राख्नुपर्छ नभए पछि पर्ने सम्भावना निकै उच्च हुन्छ । जसरी फलामलाई कसैले हानी गर्न सक्दैन तर त्यसको आफ्नै लडाईंले त्यसलाई नष्ट गर्नसक्छ त्यसरी नै कुनै पनि व्यक्तिलाई कसैले नष्ट गर्न सक्दैन, उसको आफ्नै मानसिकता बाहेक ।
तपाईको प्रतिक्रिया