सुनको भाउ घट्यो, आज कति छ प्रतितोला ?

नारीकोसिस डटकम/माघ २२, काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको भाउ प्रतितोला ८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ९ सयमा मा झरेको छ ।
आइतबार र सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला ५ सयले घटेर रु ७६ हजार र तेजाबी सुनको मूल्य रु ७५ हजार ७ सय पुगेको थियो ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैँयाले घटेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैँया तोकेको छ ।
तपाईको प्रतिक्रिया