टोखा-छहरे सडक स्तरउन्नतिका लागि संघीय सांसद हित ब. तामाङको पहलमा १० करोड बजेट विनियोजन

नारीकोसिस डटकम/फागुन २, कठमाडौं । विगत लामोसमयदेखि समस्याग्रस्त टोखा-छहरे सडक खण्ड निर्माणका लागि संघीय सांसद हित बहादुर तामाङको विशेष पहलमा १० करोड बजेट विनियोजन भएको छ ।
वर्षायाममा हिलम्वे र हिउँदमा धुललम्वे हुने उक्त सडक खण्ड निर्माण कार्यलाई अगाडि बढाउन सांसद तामाङले सो वजेट विनियोजन गर्न पहल गर्नुुभएको हो ।
साथै सो सडकखण्ड निर्माण कार्य सम्पन्न गर्न आर्थिक बर्षको बजेटमा संघीय सरकारबाट रु.१ करोड, प्रदेश सरकारबाट रु २ करोड विनियोजनगरी निर्माणकार्य प्रकृया अगाडि बढाईसकेको छ । हाल सो सडकखण्ड निर्माण भईरहेको छ ।
काठमाडौंको टोखा, नुवाकोट गुर्जे भञ्ज्याङ, छहरे हुदै त्रिशूली जोड्ने सो सडक निर्माणकार्यलाई गति दिन नुवाकोटका सांसद हितबहादुर तामाङ लगायत सांसदहरु, नेपाल सरकार तथा सम्बन्धित निकायहरु निरन्तर लागीपरिरहेका छन् ।
तपाईको प्रतिक्रिया