“देवानी संहिता २०७४” सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
“देवानी संहिता २०७४” सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था

Share

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी २०७४ भदौ १ गतेदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ लागू भएको हो । यो ऐन २०२० सालमा संशोधन भयो । त्यही ऐनलाई प्रतिस्थापन गरी अहिले नयाँ कानूनका रुपमा ‘मुलुकी देवानी संहिता, २०७४  ल्याईएको हो । जसमा सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था यस्तो रहेको छ ।

– दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सक्ने : पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति
पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन्।
– पतिले सम्बन्ध विच्छेद गर्न सक्ने : पतिले देहायका कुनै अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछ:-
(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको
अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा
सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, (घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।
– पत्नीले सम्बन्ध विच्छेद गर्न सक्नेः पत्नीले देहायका कुनै अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछिन्ः–
(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको
अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा
सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पतिले अर्को विवाह गरेमा,
(ङ) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा,
(च) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।

– सम्बन्ध विच्छेदको लागि निवेदन दिनु पर्ने : सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले
अदालतमा निवेदन दिनु पर्नेछ ।
– पति पत्नीको मेलमिलाप गराउनु पर्ने : दफा ९६ बमोजिम सम्बन्ध विच्छेदको लागि निवेदन
परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउनु पर्नेछ ।
– सम्बन्ध विच्छेद गरिदिनु पर्ने : दफा ९७ बमोजिम सम्झाउँदा बुझाउँदा पनि पति पत्नी बीच मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद हुन उपयुक्त
देखेमा अदालतले निजहरूको सम्बन्ध विच्छेद गरिदिनु पर्नेछ ।
तर दफा ९७ वमोजिम पति र पत्नी बीच मेलमिलाप गराउन अदालतले सम्झाउँदा
बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले
सम्बन्ध विच्छेद गराई दिन पर्नेछ ।
– सम्बन्ध विच्छेद गर्नु अघि अंशबण्डा गर्नु पर्ने :  (१) पतिको कारणबाट पति पत्नी बीच
सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध विच्छेद
गर्नु अघि पति पत्नी बीच अंशबण्डा गर्न लगाउनु पर्नेछ ।
(२) दफा ९५ को खण्ड (ख), (ग), (घ), (ङ) वा (च) बमोजिमको आधारमा पत्नीले
सम्बन्ध विच्छेदको लागि निवेदन गरेकोमा उपदफा (१) को प्रयोजनको लागि पतिको
कारणबाट सम्बन्ध विच्छेद हुने अवस्था भएको मानिने छ । (३) सगोलको सम्पत्ति पति पत्नी दुवैको नाममा वा पति पत्नीमध्ये कुनै एकको
नाममा रहेछ भने सम्बन्ध विच्छेद हुनु अघि निजहरू बीच कानून बमोजिम त्यस्तो
सम्पत्तिको अंशबण्डा गर्नु पर्नेछ ।
(४) सम्बन्ध विच्छेद हुने पतिले नै बाबु वा अन्य अंशियारबाट अंश लिई नसकेको
भए अदालतले दुवै पक्षबाट अंशियार खुलाउन लगाई र अंशबण्डा गर्ने अन्य अंशियार भएमा
त्यस्ता अंशियारलाई समेत बुझ्नु पर्ने भए बुझी निजहरूबाट अंशको फाँटवारी माग गरी
पति पत्नीको अंश छुट्याई अंशबण्डा गराई दिनु पर्नेछ ।
(५) उपदफा (१), (३) वा (४) बमोजिम अंशबण्डा गर्दा लामो समय लाग्ने देखिएमा
अदालतले पति पत्नी बीच सम्बन्ध विच्छेद गरी अंशबण्डा नभएसम्मको लागि पतिको
सम्पत्ति र आयस्ताको आधारमा पतिबाट पत्नीलाई मासिक खर्च भराई दिन सक्नेछ ।
तर त्यसरी अंशबण्डा नहुँदै त्यस्ती महिलाले अर्को विवाह गरेमा अंश पाउने छैन ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९४ को खण्ड (
ख), (ग) वा (घ) बमोजिमको आधारमा सम्बन्ध विच्छेदको लागि निवेदन गरेकोमा पत्नीलाई
यस परिच्छेद बमोजिम अंश दिन वा खर्च भराउन पति बाध्य हुने छैन ।
– एकमुष्ठ रकम वा खर्च भराई दिन सक्ने : दफा ९९ मा जुनसुकै कुरा लेखिएको भए तापनि
सम्बन्ध विच्छेद हुने पत्नीले अंश नलिई पतिसँग एकमुष्ठ रकम वा वार्षिक वा मासिक
रकम वा खर्च भराई लिन चाहेमा अदालतले पतिको सम्पत्ति वा आम्दानीको आधारमा
त्यस्ती पत्नीलाई एकमुष्ठ रकम दिलाई दिन वा वार्षिक वा मासिक रूपमा रकम वा खर्च
भराई दिन सक्नेछ ।
तर त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो रकम वा खर्च दिनु पर्ने छैन ।
– खान लगाउने खर्च भराई दिन सक्ने : दफा ९९ बमोजिम अंशबण्डा गर्नु पर्दा कुनै सम्पत्ति
नभई पतिबाट अंश नपाएकी पत्नीले पतिबाट खान लाउन खर्च भराउन चाहेमा र पतिको
आम्दानी भएमा अदालतले त्यस्ती पत्नीलाई सम्बन्ध विच्छेद भएको पतिको आम्दानीको
आधारमा खान लगाउने खर्च भराई दिन सक्नेछ ।
तर,
(१) त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो खर्च दिनु पर्ने छैन ।
(२) पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा त्यस्तो खर्च दिनु पर्ने छैन ।
– सहमति बमोजिम हुने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पति
पत्नी बीच सम्बन्ध विच्छेद हुँदा पत्नीले पाउने अंश वा खर्चको सम्बन्धमा पति पत्नी बीच
कुनै लिखित सहमति भएकोमा सोही बमोजिम हुनेछ ।
तर नाबालकको हित विपरीत हुने गरी कुनै सहमति गर्न सकिने छैन ।
– अघिल्लो सन्तान वा पतिले सम्पत्ति पाउने : सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा
निजको सम्पत्ति निजका छोरा, छोरी भए त्यस्ता छोरा, छोरीले र छोरा, छोरी नभए पूर्व
पतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइतीपट्टिका हकवालाले पाउनेछ ।
– हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले वा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ ।

तपाईको प्रतिक्रिया