महिला प्रजनन् स्वास्थ्य अधिकार भनेको के हो ?

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
महिला प्रजनन् स्वास्थ्य अधिकार भनेको के हो ?

Share

यौन तथा प्रजनन् स्वास्थ्य अधिकार महिलाको संवैधानिक अधिकार हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रजनन स्वास्थ्य भन्नाले बिरामी वा रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट पूर्णरुपमा स्वस्थ्य रहनु हो । साथै प्रजनन प्रणाली, यसको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु हो। प्रजनन् अधिकार मानिसको जन्मसिद्ध अधिकार हो । यी अधिकारहरू प्राप्त गर्नबाट कोही पनि वञ्चित हुनुहुँदैन भने यिनै प्राप्त अधिकारहरू उपभोग गर्नका लागि उचित वातावरण मिलाउनु एउटा व्यक्ति, समाज र राज्यको समेत उत्तरदायित्व हुन आउँछ ।

हरेक व्यक्तिले आफ्नो स्वास्थ्य सुधार सँग सम्बन्धित कार्यक्रमहरुमा सहभागि हुन पाउने देखि लिएर बच्चा जन्माउने वा नजन्माउने र कहिले जन्माउने र शिशुको जन्म भइसकेपछि शिशुको उचित पालनपोषण कसरी गर्ने, त्यस सम्बन्धि आवश्यक जानकारी र उचित शिक्षा पाउनु पर्दछ।

तपाईको प्रतिक्रिया