योनी कसरी सफा राख्ने ?

बास्तवमा योनिको बाहिरि भाग पातलो नरम छालाले र भित्रि भाग पातलो नरम मांसपेसी निर्मित हुन्छ ।सामान्यतया यस्ले तीनवटा काम गर्दछ । रज्वस्वलाकोबेला रगतलाई बाहिर निकाल्नु,शारीरिक सम्र्पकको बेला यौन सम्र्पकमा सहभागी हुनु र सन्तान जन्माउने समयमा शिशुलाई बाहिर निकाल्नु यसबाहेक पिसाव नलिले पिसावलाई बाहिर निष्कासन गर्नु पनि हो। हामी शरीरका अन्य अङगलाई जति माया गछौ त्यति नै माया यो अङगई पनि गर्नुर्पर्दछ् ।

योनीलाई यसरी सफा राख्न सकिन्छ

१)एक दिन लगाएको पेन्टि अर्कोदिन नलगाउने अर्थात सफा गरेर मात्र प्रयोग गर्ने।
२)प्रत्येक दिन विहान र वेलुका साबुन पानीले सफा गर्ने ।
३) योनीलाई हप्ताको एकदिन डिटोल पानीले सफा गर्ने।
४) रज्वस्वलाको समयमा एउटै प्याडलाई धेरै समय नलगाउने । फेर्ने र पटक पटक सफा गर्ने।
५)सुत्केरीको समयमा एउटै प्याडलाई धेरै समय नलगाउने । फेर्ने र पटक पटक सफा गर्दा मन तातो पानी प्रयोग गर्ने किनकि यस्तोबेला छिट्टै चिसो लाग्ने संभावना रहन्छ।
६) पानीले सफा गरेको योनी वरिपरि गर्मीको समयमा पाउडर र जाडोको समयमा तोरीको तेल प्रयोग गर्दा पनि यसलाई सफा साख्न सकिन्छ ।