नारी दिवस भनेके के हो ? नारी दिवसलाई कसरी परिणाममूखी बनाउने ?

निर्मला सापकोटा सन्जेल
आठ मार्च अर्थात नारी दिवस । शोषणका विरुद्ध महिलाहरूले विजय हासिल गरेको दिन हो यो । नारी उत्पीडन र शोषण विश्वमा निकै युगसम्म चल्यो । उनीहरु भित्र जागरुक हुने चेतनाको विकास भयो । शोषण, उत्पीडनका विरुद्ध विश्वका नारीहरू आ–आफ्ना घरपरिवार र स्थानबाट संघर्षका पाइलाहरू चाल्न थाले । नारी बन्धनबाट मुक्त हुन खोजे । यसै अनुरुप यसको प्रारम्भ सन् १९१० मा समाजवादी नेतृ क्लारा जेट्किनले कोपेनहेगनमा भैरहेको समाजवादीहरुको दोश्रो इन्टरनेसनलको वैठकमा महिला दिवसलाई मार्च आठका दिन संसारभरि मनाउनुपर्छ भनि प्रस्ताव राख्नुभएको थियो । र ,यो मार्च आठको प्रस्ताव सम्मेलनमा सर्बसम्मतवाट पारित भएको थियो । अहिले हामी १०९ औं अन्तराष्ट्रि श्रमिक महिला दिवस मनाउँदैछौ ।
हाम्रो पृतृसतात्मक सममाजमा आज पनि हामी धेरै महिलाहरु पुरुषको शासकीय निति बाट बाहिर निस्किन सकेका छैनौ । हामीलाई विवाह गरेर ल्याउनै वितिकै जन्म दिने बाबु -आमाको थरमा परिर्तन ल्याउनु पर्छ । हाम्रो शरीरमा उनीहरुको आधिपत्य रहन्छ । हाम्रा स्वतन्त्रतामा उनीहरु हकदावि गर्छन । र ,जव हामी हक हितका निम्ति उठ्छौ तव औला उठाइन्छ अनि निम्नस्तरका शब्दहरु प्रयोग गरिन्छन् ।
मैले प्रत्यक्ष देखेका कुरा । श्रीमान र श्रीमती दुबै पढे लेखेका छन् । आफुलाई आवश्यक कतिपय सरसामानमा खर्च गर्न सधै श्रीमान सँग हात थाप्ननु पर्ने उनको बाध्यता थियो । त्यसैले जव श्रीमतीले घरको काम भ्याएर जागिर खान जान्छु भनिन श्रीमानले ,”तैले जागिर खाने भए म घरकै काम गरेर बस्छु ।” म जागिर खान्न भनेर जवाफ दिन्छन् । के उनले पढेको सर्टिफिकेट दराजमा थन्काउन लागि मात्रै थियो ? वा भनौ श्रीमानको घरको कामकाज गर्न मात्रै । यस्ता पढेलेखेका पुरुषबाट महिला भित्र -भित्रै पिल्सिएका छन्।अर्काथरी शिक्षाको उज्यालो बाट बन्चित रहेका महिलाहरु अस्थायी नियोजनको साधन प्रयोग गर्दा -गर्दा कमजोरी गराएको छ । आफनो शारीरिक समस्या कारण परिवार नियोजन गर्न मिल्दैन । साथमा तीन वटा छोराछोरी छन् । ” बुढा …परिवार नियोजन गर भनेर बुढीले भन्दा म किन गर्ने भनेर पाखुरा सुर्किन्छन “। म सँग यो समय शारीरिक सम्बन्ध नराख भनेर बुढीले आग्रह गर्दा ,को सँग लागिस ? तेरो हैकम …..भनेर जवाफ सँगै -सगै पुरुषत्वले लाचार बनाउछ । कतिपय पुरुषहरुमा शारीरकि सम्बन्ध भावनात्मक रुपमा गासिएको सम्बन्ध हो भन्ने ज्ञान पटक्कै नहुदा महिलाहरु उनीहरुले प्रयोग गर्ने निर्जिव बस्तु जस्तो भएका छन् । झगडा गरौ छोराछोरीलाई मानसिक असर पर्छ नगरौ आफनो शरीरले रोगको भारी दिनदिनै बोकि सक्यो । यो मैले केहिसमय अगाडी गर्भमा बसेको बच्चा फाल्न औषधी खानुछ भन्ने कुरा ती महिलाले मलाई राख्दा सोधेको जिज्ञासामा बताइएको कुराकानी हो ।समाजले महिलालाई हेर्ने दृश्टिकोण पुरातनवादी नै भएको हुँदा महिलाले धेरै प्रकारका मानसिक यातनाको सिकार हुनु परेको छ ।
समाजमा कतिपय शिक्षित र अशिक्षित यी दुवै महिलाहरु पीडित छन् । उनीहरुले शिक्षा ,श्रम र आफ्नो शरीरप्रति सम्मान पाइरहेका छैनन्। यी सबैलाई सम्मान दिलाउँन के गर्ने त ? व्यक्तिको स्वतन्त्रता उसको जन्मसिद्ध अधिकार हो । त्यो स्वतन्त्रतालाई परिणाममूखी बनाउन लागि पर्नु अनुकरणीय काम हो । महिलाले आफ्नो स्वास्थ्यप्रति पहिला आफै सजग हुनुपर्छ । गर्न हुने र नहुने कुरामा आफ्नो आवाज बुलन्द गर्नुपर्छ । घरकोकाम भ्याएर सिर्जनशिल तालिममा सहभागी गराई आफुलाई आन्तरिक रुपमा सवल बनाउनु पर्छ । आफु आत्मा निर्भर हुन सिक्नुपर्छ । आफ्ना दायित्व र कर्तव्यहरु पूरा गरेर पुरुष सरह जीम्मेवारी म वहन गर्न सक्छु भनेर आर्थिक रुपमा आफुलाई उठाउन सकियो भने यो नारी दिवसको नारालाई हामी परिणाममूखी बनाउँन सक्छौं ।
नारी दिवसमा ठूला गोष्ठि र सेमिनार भन्दा पनि गाउँ–गाउँमा महिलाहरुलाई नि:शुल्क रुपमा जनचेतनामूलक तालिम आवश्यक छ । समनताको शिक्षा कसरी अबका बालबालिकामा पुर्याउन सकिन्छ ? गर्भ भित्र बच्चा हुँदै आमा र बाबुमा त्यो चेतनाको विकास कसरी गर्न सकिन्छ ? पुरुषलाई पनि उनीहरुको संकुचित दृष्टिकोण हटाउन प्रोत्साहन दिलाउने कार्यक्रमहरु र यौन शिक्षा सम्बन्धित अन्तरक्रिया कार्यक्रम ल्याउन सम्बन्धित निकायले ध्यान दिने हो भने एकातर्फ दिगो विकासको लक्ष्यलाई छुन सकिन्छ भने अर्कातर्फ यो ८ आठ मार्चको नारालाई पूर्णतया सम्बोधन गर्न सक्छौ ।
तपाईको प्रतिक्रिया