मैले देखेको सपना

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
मैले देखेको सपना

Share

मैले देखेको सपना
त्यो आकाशको साथी छ
मैले सजाएको जीवन
समस्या देखि माथी छ
मैले हेर्ने मेरो ऐना
मेरो हृदय भित्र सधै जाती छ

चाहे जहाँ टेकु यो धर्तिमा
म  सधै सिर्जना सँग रम्न सक्छु
धेरै तिर खाडल खन्दिन म
जहाँ खन्छु
त्यहाँ पानी भेटयाएरै जम्न सक्छु
शिशिरमा उजाडिए पनि
धर्यता पूर्वक म बसन्तको पर्खाइमा
रम्न सक्छु

 

        निर्मला सापकोटा सन्जेल
कागेश्वरी मनोहरा नगरपालिका वडा नं- ९,काठमाण्डौ

तपाईको प्रतिक्रिया