केयर गिभरको रुपमा जापान जानेहरुका लागि भाषा परीक्षा ७ जनवरीदेखि

नारीकोसिस डटकम/पुस २१, काठमाडौं । केयर गिभरको रुपमा जापान जानेहरुका लागि भाषा परीक्षा भोलिदेखि हुने भएको छ । जापानले दुई चरणमा कर्मचारी लाने भएको छ । जसका लागि भाषा परीक्षा पनि दुई चरणमा नै हुदैछ ।
जनवरी र मार्चमा हुने भाषा परिक्षा हुनेछ । वैदेशिक रोजगार विभागले सुचना जारी गर्दै जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय नर्सलाई जापानले लैजान लागेको हो । भाषा परिक्षा जनवरी ७,८, १४, १६, २१, २३, २८ र २९ मा र मार्चमा ३, ५, ९, ११, १२, १५ र १९ मा हुने छ ।
युनिर्भसल ल्याङ्ग्वेज एण्ड कम्प्युटर इन्स्टिच्यूट डिल्लीवजारमा परीक्षा केन्द्र तोकिएको छ। भाषा परीक्षा उत्तीर्ण भएपछि मात्र सीप परीक्षण हुने छ । परीक्षामा सहभागी हुन नेपाली नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र आवश्यक पर्ने छ भने परीक्षा शुल्क २५ सय तोकिएको छ।
तपाईको प्रतिक्रिया