८० प्रतिशत जनताको समस्या समाधान भएको छः वडा अध्यक्ष भाईकाजी अधिकारी

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
८० प्रतिशत जनताको समस्या समाधान भएको छः वडा अध्यक्ष भाईकाजी अधिकारी

Share

नारीकोसिस डटकम/माघ १४, काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिव ३२ महिना अवधिमा विकास निर्माण कार्यले गति लिएको जनप्रतिनिधिहरु बताउछन् ।

देशभरका ७५३ वटा स्थानीय तह मध्येका काठमाडौं जिल्लाको उत्तरी–पूर्वी भेगमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भाईकाजी अधिकारीले करिव ८० प्रतिशत जनताको समस्या समाधान गर्न सफल भएको बताउनुभयो ।

स्थानीय तहमा शिक्षा, स्वास्थ्य, सडक, यातायातको समस्या सहित अन्य विभिन्न साँध, सिमाना, घरायसी झगडालाई समेत सहजीकरण एंव समस्या समाधान गर्ने काम गरिरहेको वडा अध्यक्ष अधिकारी बताउनुहुन्छ ।

आफ्नो वडामा विशेष गरी सार्वजनिक जग्गाको समस्या रहकोमा अन्य यातायात, शिक्षा, स्वास्थ्यको खासै समस्या नरहेको उहाँको दावी छ, ‘उहाँले भन्नुभयो स्थानीय जनताको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै प्रत्येक टोलटोलमा गएर उहाँहरुकै माग अनुरुप विकास निर्माणका कार्यहरु अगाडि बढाईरहेका छौं ।’ बाँकी भिडियो अंशबाट

तपाईको प्रतिक्रिया