प्रोभिडेन्ट मर्चेन्ट बैंङ्कको छैठौं साधारणसभा सम्पन्न (भिडियो)

नारीकोसिस डटकम/माघ १०, काठमाडौं । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौं साधारणसभा सम्पन्न भएको छ । शनिवार कम्पनीको केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न सो साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ ।
कम्पनीले उद्देश्य मिल्ने अरु कम्पनीहरुसँग मर्जरमा जान संचालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।
कम्पनीको चुक्तापूँजी ४ करोड १२ लाख रुपैयाँ छ । यस्तै अधिकृत पूँजी १० करोड र जारी पूँजी ८ करोड रुपैयाँ छ ।
कम्पनीले पूँजी बृद्धि गर्न हाल कायम रहेका संस्थापक शेयरधनीहरूलाई हकप्रद सेयर गर्न आह्वान गरेको प्रबन्ध निर्देशक बिमल तिवारीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया