“देवानी संहिता २०७४” विवाह सम्बन्धी व्यवस्था

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी २०७४ भदौ १ गतेदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ लागू भएको हो ।
मुलुकी देवानी (संहिता) मा धेरै नयाँ व्यवस्थाहरु छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र अभ्यासलाई समेटेर यो संहिता बनाइएको छ ।
विवाह भएको मानिने : कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य
कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ ।
– विवाह अनतिक्रम्य सामाजिक बन्धन हुने : (१) विवाह पुरुष र महिला बीच दाम्पत्य तथा
पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र
सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन हुनेछ ।
(२) उपदफा (१) बमोजिमको वैवाहिक बन्धन दफा ८२ बमोजिम अन्त्य नभएसम्म
कायम रहनेछ ।
– विवाह गर्ने स्वतन्त्रता : (१) प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार
कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुनेछ ।
(२) विवाह जुनसुकै किसिमबाट भएको भए तापनि त्यस्तो विवाह सार्वजनिक गर्नु
वा गराउनु पर्नेछ ।
(३) प्रत्येक व्यक्तिको पारिवारिक जीवन अनतिक्रम्य हुनेछ ।
– विवाह हुन सक्ने : (१) यस परिच्छेदको अधीनमा रही देहायका अवस्थामा पुरुष र महिला बीच विवाह हुन सक्नेछ :
(क) पुरुष र महिलाले एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न
मञ्जुर गरेमा,
(ख) कानून बमोजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने
नाताको नभएमा,
(ग) पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था
नरहेमा,
(घ) बीस वर्ष उमेर पूरा भएमा ।
(२) उपदफा (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो
जातीय समुदाय वा कुलमा चली आएको चलन अनुसार विवाह गर्न हुने नाता सम्बन्धमा
विवाह गर्न वा गराउन कुनै बाधा पर्ने छैन ।
विवाह गर्न, गराउन नहुने : (१) कसैले पनि दफा ७० बमोजिम विवाह हुन सक्ने अवस्था
नरहेको पुरुष वा महिलासँग विवाह गर्न वा गराउन हुँदैन ।
(२) कसैले पनि देहायका कुनै अवस्थाको पुरुष वा महिलालाई झुक्याई विवाह गर्न
वा गराउन हुँदैन ः–
(क) शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु (
एच.आई.भी) वा हेपाटाइटिस बी रहेको वा यस्तै प्रकृतिका निको
नहुने कडा रोग लागेको,
(ख) यौनाङ्ग नभएको, नपुङ्सक भएको वा सन्तान उत्पादन गर्ने क्षमता
नभएको प्रमाणित भैसकेको,
(ग) पूर्ण रूपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रूपमा दृष्टिविहीन वा कुष्ठ रोगी भएको,
(घ) होस ठेगानमा नरहेको,
(ङ) विवाह भैसकेको,
(च) गर्भवती भएको,
(छ) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी
अदालतबाट सजाय पाएको ।
(३) उपदफा (२) बमोजिम झुक्याई विवाह गरेको कारणबाट मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन र झुक्याई विवाह गर्ने वा गराउनेबाट मनासिब क्षतिपूर्ति दाबी गर्न
सक्नेछ ।
– विवाह बदर हुनेः (१) देहायको अवस्थामा भएको विवाह स्वतः बदर हुनेछ ः–
(क) पुरुष वा महिलाको मञ्जुरी नभई भएको विवाह,
(ख) हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरू बीच भएको
विवाह ।
(२) उपदफा (१) बमोजिम भएको विवाह प्रारम्भदेखि नै अमान्य हुनेछ ।
(३) उपदफा (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७०
को उपदफा (२) बमोजिम भएको विवाह बदर हुनेछैन ।
– विवाह बदर गराउन सक्नेः (१) देहायका अवस्थामा भएको विवाह त्यस्तो विवाह गर्ने कुनै व्यक्तिले मञ्जुर नगरेमा बदर गराउन सक्नेछ ः–(क) दफा ७० को उपदफा (१) को खण्ड (घ) बमोजिम विवाह गर्ने उमेर
पूरा नभएमा,
(ख) दफा ७१ को उपदफा (२) बमोजिम झुक्याई विवाह गरे वा
गराएमा ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विवाहको परिणाम स्वरूप
कुनै महिला गर्भवती भएमा वा निजबाट शिशु जन्मिएमा निजको मञ्जुरी भएमा मात्र
विवाह बदर हुन सक्नेछ ।
– शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने : (१) दफा ६९ को उपदफा (२)
मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले
गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह
भएको मानिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा
पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको भए पनि सोही कारणले पुरुष र महिला
बीच स्वतः विवाह भएको मानिने छैन ः–
(क) जवरजस्ती करणीको कारणले महिलाले गर्भधारण गरी शिशु
जन्मिएमा,
(ख) दफा ७० को उपदफा (२) बमोजिम विवाह गर्न हुने नाता
सम्बन्धमा बाहेक हाडनाता करणीमा सजाय हुने नाताका
पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु
जन्मिएमा ।
– जन्मिसकेको शिशुको कानून बमोजिमको हकमा असर नपर्ने : दफा ७२ बमोजिम विवाह
वदर भएमा वा दफा ७३ बमोजिम विवाह वदर गराएमा त्यस्तो विवाहबाट जन्मिसकेको वा
दफा ७४ को उपदफा (२) को अवस्थामा जन्मिएको शिशुको कानून बमोजिमको हकमा
कुनै असर पर्ने छैन ।
– विवाह दर्ता गर्नु पर्ने : (१) पति तथा पत्नीले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना
प्रकाशन गरी तोकेको अधिकारी समक्ष निवेदन दिई आफ्नो विवाह दर्ता गराउनु पर्नेछ ।
तर दफा ७४ को उपदफा (१) को अवस्थामा पति र पत्नी दुवैले वा कुनै एक जनाले विवाह दर्ता गराउन निवेदन दिन सक्नेछ ।
(२) नेपाल बाहिर बसोबास गरेका पति तथा पत्नीले आपूm रहे बसेको मुलुकमा
रहेको नेपालको राजदूताबास वा महावाणिज्य दूताबासमा विवाह दर्ताको लागि निवेदन दिन
सक्ने छन्।
(३) उपदफा (१) वा (२) बमोजिम विवाह दर्ताको लागि निवेदन पर्न आएमा
सम्बन्धित अधिकारीले निवेदन परेको पन्ध्र दिनभित्र आफ्नो कार्यालयमा रहेको विवाह
सम्बन्धी अभिलेखमा विवाह दर्ता गरी नेपाल सरकारले तोकिदिएको ढाँचामा निवेदकलाई
विवाह दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “सम्बन्धित अधिकारी” भन्नाले विवाह दर्ता
गर्ने अधिकारी सम्झनु पर्छ ।
(४) उपदफा (१) वा (२) बमोजिम परेको निवेदन अनुसार विवाह दर्ता गर्न नहुने
भएमा सम्बन्धित अधिकारीले त्यसको कारण खुलाई निवेदन परेको सात दिनभित्र
निवेदकलाई जानकारी गराउनु पर्नेछ ।
(५) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम परेको निवेदन अनुसार
विवाह दर्ता गराउने सम्बन्धमा कुनै एक पक्ष उपस्थित नभएकोमा सम्बन्धित अधिकारीले
निजलाई बुझी विवाह दर्ता गर्नु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम बुझ्दा अर्को पक्षले विवाह दर्ता गर्न असहमति जनाएमा
सम्बन्धित अधिकारीले विवाह दर्ता नगरी अदालतबाट निर्णय भए बमोजिम हुने जानकारी
निवेदकलाई दिनु पर्नेछ ।
(७) यस दफा बमोजिमको विवाह दर्ता सम्बन्धी विवरणको अभिलेख सम्बन्धित
अधिकारीले सुरक्षित राख्नु पर्नेछ ।
(८) यो ऐन प्रारम्भ हुनु अघि विवाह भइसकेका र विवाह दर्ता नगरेका दम्पतिले
चाहेमा यस दफा बमोजिम विवाह दर्ता गराउन सक्नेछन्।
तर त्यसरी विवाह दर्ता नगराएको कारणले मात्र त्यस्तो दम्पतिको विवाहले कानूनी
मान्यता नपाएको मानिने छैन ।
– दर्ताद्वारा विवाह गर्न सक्नेः (१) दफा ६९ को उपदफा (२) र दफा ७४ मा जुनसुकै कुरा
लेखिएको भए तापनि कुनै पुरुष र महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा आफ्नो नाम, थर,
उमेर, ठेगाना, पेशा, बाबु, आमा, बाजे, बज्यैको नाम, अघि विवाह भए वा नभएको र
विवाह भएको भए वैवाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा तथा कम्तीमा दुई जना साक्षीको नाम समेत खुलाई नेपालभित्र भए सम्बन्धित जिल्ला अदालत र नेपाल बाहिर भए नेपालको
राजदूताबास वा महावाणिज्य दूताबास समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन दिनको लागि पुरुष वा महिला वा दुवै निवेदन
दिनु अघि जिल्ला अदालतमा निवेदन दिने भए सम्बन्धित जिल्लामा र राजदूताबास वा
महावाणिज्य दूताबासमा निवेदन दिने भए राजदूताबास वा महावाणिज्य दूताबास रहेको
सम्बन्धित देशमा कम्तीमा पन्ध्र दिनदेखि रहे बसेको हुनु पर्नेछ ।
– विवाह हुने वा नहुने निर्णय गर्नु पर्ने : (१) दफा ७७ बमोजिम दर्ताद्वारा विवाह गर्न निवेदन
परेमा सम्बन्धित अधिकारीले त्यस सम्बन्धमा आवश्यक छानबिन गरी निवेदन परेको मितिले
सात दिनभित्र विवाह हुने वा नहुने विषयमा निर्णय गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशस्थित सम्बन्धित
अधिकारीलाई प्रस्तावित विवाहको सम्बन्धमा कुनै शङ्का लागेमा नेपाल सरकार समक्ष पेश
गरी नेपाल सरकारको निर्णय बमोजिम गर्नु पर्नेछ ।
– सहमतिपत्र तयार गर्नु पर्ने : दफा ७८ बमोजिम निवेदक बीच विवाह हुने निर्णय भएमा
सम्बन्धित अधिकारीले निवेदनमा उल्लिखित कुरा र विवाह गर्ने पक्षहरू कानून बमोजिम
एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मञ्जुर भएको व्यहोरा समेत खुलाई
विवाहको सहमतिपत्र तयार गरी आफ्नो रोहबरमा निजहरू तथा उपस्थित साक्षीहरूको
सहीछाप गराई त्यस्तो सहमतिपत्रमा आफूले समेत सहीछाप गर्नु पर्नेछ ।
– विवाह दर्ता सम्बन्धी व्यवस्था : (१) दफा ७९ बमोजिम सहमतिपत्रमा सहीछाप गराई
सकेपछि सम्बन्धित अधिकारीले त्यस्तो विवाह दर्ता किताबमा दर्ता गरी आफ्नो र विवाह
गर्ने पक्ष तथा उपस्थित साक्षी समेतको सहीछाप गर्नु वा गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम विवाह दर्ता गरिसकेपछि सम्बन्धित अधिकारीले विवाह
दर्ताका पक्षहरूलाई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए
बमोजिमको ढाँचामा विवाह दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम विवाह दर्ताको प्रमाणपत्र पाएको दिनदेखि निवेदकहरू
बीच विवाह भएको मानिनेछ ।
८१. विवाहित महिलाको थर प्रयोग सम्बन्धी व्यवस्था ः (१) विवाहिता महिलाले विवाहपछि बाबु
वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्न सक्नेछिन्।
(२) विवाहिता महिलाको थरको सम्बन्धमा कुनै प्रश्न उठेमा अन्यथा प्रमाणित
भएकोमा बाहेक निजले आप्mनो पतिको थर प्रयोग गरेको मानिनेछ ।
(३) पतिको थर प्रयोग गरेकी महिलाको सम्बन्ध विच्छेद भएमा निजले चाहेमा
निजको बाबु वा आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्नेछिन्।
– वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने : देहायका कुनै अवस्थामा पति पत्नी बीचको
वैवाहिक सम्बन्ध अन्त्य भएको मानिनेछ :
(क) दफा ७२ वा ७३ बमोजिम विवाह बदर भएमा,
(ख) कानून बमोजिम पति पत्नीको सम्बन्ध विच्छेद भएमा,
(ग) पत्नीले कानून बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा ।
– पुनः विवाह गर्न सक्नेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका
कुनै अवस्थामा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ ः–
(क) दफा ८२ बमोजिम पति पत्नी बीच वैवाहिक सम्बन्ध अन्त्य भएमा,
(ख) पति वा पत्नीको मृत्यु भएमा,
(ग) पति वा पत्नीले कानून बमोजिम अंशबण्डा गरी भिन्न भएमा ।
-हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो
काम कारबाही भए गरेको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ ।
तपाईको प्रतिक्रिया