“देवानी संहिता २०७४” विवाहको परिणाम सम्बन्धी व्यवस्था

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी २०७४ भदौ १ गतेदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ लागू भएको हो । जसमा विवाहको परिणाम सम्बन्धी व्यवस्था यस्तो रहेको छ ।
– पति र पत्नी मानिने : कुनै पुरुष र महिलाबीच विवाह भएमा त्यस्तो वैवाहिक सम्बन्ध
कायम रहेसम्म निजहरू एक अर्काको पति र पत्नीको रूपमा रहेको मानिनेछ ।
– पति र पत्नीको सम्बन्ध र दायित्व : (१) पति र पत्नी बीच आपसी पे्रम र सद्भाव हुनु
पर्नेछ ।
(२) आपसी समझदारीबाट अन्यथा व्यवस्था भएकोमा बाहेक पति र पत्नी सँगै
बसी पारिवारिक जीवन स्थापना गरी जीवनयापन गर्नु पर्नेछ ।
(३) पति र पत्नीले एक अर्कोलाई सहयोग, संरक्षण र सम्मान गर्नु पर्नेछ ।
– पतिको घर बासस्थान मानिने : पति र पत्नीले आपसी समझदारीमा छुट्टै बासस्थान
निर्धारण गरेकोमा बाहेक पत्नीको वासस्थान पतिको घरमा कायम भएको मानिनेछ ।
एक अर्काको प्रतिनिधि मानिनेः कानूनमा अन्यथा व्यवस्था भएकोमा वा पति र पत्नी बीच
कानूनी विवाद भएकोमा बाहेक सामान्य घर व्यवहारको काममा पति वा पत्नी एक अर्काको
प्रतिनिधि रहेको मानिनेछ ।
– इज्जत अनुसार व्यवहार गर्नु, गराउनु पर्ने : पति वा पत्नीले एक अर्कालाई आफ्नो इज्जत
र क्षमता अनुसार खान लगाउन तथा स्वास्थ्योपचारको व्यवस्था गर्नु वा गराउनु पर्नेछ ।
– सहमतिमा घर व्यवहार चलाउनु पर्ने : (१) एकासगोलका पति र पत्नीले आफ्नो सम्पत्ति,
आम्दानी तथा हैसियत अनुरूप आपसी सहमतिको आधारमा घर व्यवहार चलाउनु पर्नेछ ।
(२) पति वा पत्नीले आफ्नो नाममा रहेको सम्पत्ति बिक्री वा अन्य तवरले
हस्तान्तरण गर्दा कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक एक अर्कोको मञ्जुरी लिनु पर्नेछ ।
पर्नेछ ।
– पेशा, व्यवसाय वा काम गर्न रोक्न नहुने : पति वा पत्नी वा परिवारका कुनै सदस्यले एक
अर्कालाई निजको सीप, योग्यता वा क्षमता अनुसारको पेशा, व्यवसाय वा काम गर्न रोक्नहुँदैन ।
– हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ ।
तपाईको प्रतिक्रिया